Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

मुस्काउँदै स्कुल ! फोटो फिचर

आइतबार, १७ जेठ २०७२

काठमाडौं १७ जेठ / आईतबार बिहान उपत्यकाको सडक विगत एक महिना यताको तुलनामा व्यस्त देखियो । वैशाख १२ गतेको भूकम्प र त्यस पछिका पराकम्पनका कारण बन्द भएका विद्यालयहरु खुले संगै स्कुल बस र विद्यार्थीको चापका कारण सडक तुलनात्मक रुपमा ब्यस्त देखिएको हो ।

आफैं जान सक्ने विद्यार्थी एक्लै, साथी भाईसंग जान मिल्ने समूहमा, अभिभावकले पुर्याईदिनु पर्ने उनीहरुको साथमा र अन्य विद्यार्थी स्कुल बस मार्फत विद्यालय गईरहेका देखिन्थे । सबैको मुहारमा मुस्कान देखिन्थ्यो । धेरै दिन देखि घरमै थन्किएका कारण पनि उनीहरु खुसी हुँदै विद्यालय गईरहेका जस्तो लाग्थ्यो । विद्यार्थीहरु घरमै बस्दा भन्दा शिक्षक तथा साथी भाईसँग खेल्दा रमाउँदा पीडा भुल्न सजिलो हुन्छ, र समाज सामान्यीकरण गर्न सहज हुन्छ ।

समूहमा हिंड्दै गरेका विद्यार्थीको गफ ध्यान दिएर सुन्ने हो भने, भूकम्प, यसको अनुभव र अबको सुरक्षाकै बारेमा केन्द्रित भएको पाहिन्थ्यो । बसमा रहेका विद्यार्थीको गफ पनि यस्तै थियो भन्ने अड्कल काट्न गाह्रो पर्दैन । अभिभावकसंग विद्यालय जाँदै गरेकाहरुलाई भने अभिभावकले सुरक्षाको उपायका बारेमा सचेत गराईरहेका भेटिन्थ्यो ।

शिक्षा मन्त्रालय र विद्यालयहरुले बिग्रे भत्केका संरचनाको पहिचान भईसकेको र सुरक्षित स्थानमा राखेर विद्यार्थीलाई सहज बाताबरण बनाउने जनाएका छन् । शुरुका केही दिन पठन पाठन भन्दा पनि अतिरिक्त कृयाकलाप गर्ने विद्यालयहरुले जनाएका छन् ।  

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया