Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अस्पतालभित्र विद्यार्थीको सद्भाव र्याली !

आइतबार, २० मंसिर २०७२

काठमाडौँ, २० मङ्सिर । युसिएमएस मेडिकल कलेज भैरहवामा अध्ययनरत विद्यार्थीले अधिकार न्याय र शान्तिका लागि बृहत् दबाब एवम् सद्भाव कार्यक्रम गरेका छन् । 

भारतले गरेको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी लगातारको आन्दोलनका कारण तराईका विभिन्न जिल्लासहित अस्पतालमा समेत सद्भाव खल्बलिने क्रम बढेको भन्दै विद्यार्थीले शुक्रबार साँझ बृहत् दबाब एवम् सद्भाव ¥याली कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राकेश यादवले बताए ।  

सद्भाव ¥याली अघि मेडिकल कलेजका प्राध्यापक चिकित्सकले बन्द र नाकाबन्दीका कारण उपचार सेवासमेत प्रभावित बनेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले छिट्टै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । 

अस्पतालबाट बाहिर सद्भाव ¥याली निकाल्नका लागि स्थानीय प्रसाशनले निषेधित क्षेत्र तोकेकाले अस्पतालभित्रै सद्भाव ¥याली निकालिएको विद्यार्थीले जानकारी दिए । 

हिमाल, पहाड, तराई, कोही छैन पराई, औषधि छैन जवाफ कस्ले दिने, निर्दोष मान्छेलाई मार्ने क्रम बन्द गर, वर्तमान समस्या छिट्टै समाधान गर भन्ने प्ले कार्ड बोकेर विद्यार्थी तथा चिकित्सकले अस्पताल परिक्रमा गरेका थिए । 

(रासस)

 

प्रतिक्रिया