Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालयलाई १० लाखको जग्गादान !

आइतबार, २० मंसिर २०७२

काठमाडौँ, २० मङ्सिर । म्याग्दीका एक व्यक्तिले गाउँमा रहेको प्राथमिक विद्यालयलाई रु १० लाखभन्दा बढी मूल्यको एक रोपनी पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । 

 म्याग्दीको राखु भगवती गाविस–३ मा अवस्थित सिद्धार्थ ज्ञान मन्दिर प्रावि राखुलाई स्थानीय समाजसेवी क्षेत्रबहादुर श्रेष्ठले एक रोपनी पाँच आना जग्गा उपलब्ध गराउनुभएको विद्यालयका प्रधानाध्यापक तोरणवहादुर श्रेष्ठले जानकारी दिए ।  

राखु भगवती स्थाई घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सो जग्गा उपलब्ध गराएका थिए ।  शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रम जग्गादाता श्रेष्ठलाई सांसद् नवराज शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तप्तबहादुर खत्रीले सम्मान गरेका थिए । 

 

(रासस) 

 

प्रतिक्रिया