Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

शिक्षकलाई कारवाहि हुन सकेन

सोमबार, १८ जेठ २०७२

- मायामितु न्यौपाने / पर्सा १८ जेठ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीका लागि पठाएका शिक्षकलाई जिल्ला शिक्षा कार्यालय पर्साले आवश्यक कारवाही नगरेको रहस्य खुलेको छ । नक्कली शैक्षिक प्रमाण पत्र तथा नक्कली अध्यापन अनुमति पत्र पेश गरेर पठन पाठन गरि रहेका प्रधानाध्यापक देखि शिक्षक सम्मलाई कारवाहि हुन सकेको छैन ।

आयोगमा परेको उजुरीको छानविनबाट शैक्षिक योग्यताको प्रमाण पत्र तथा अध्यापन अनुमति पत्र नक्कली ठहर भई विशेष अदालतले कारवाहीका लागि अख्तियार हुदै शिक्षा कार्यालयमा फाईल पठाए पनि शिक्षा कार्यालयले कारवाही अगाडी नबढाएको फेला परेको हो ।

सुकई साह माध्यामिक विद्यालय भेडिहारीका शिक्षक युगेश्वर प्रसाद चौरसिया र शिक्षक नन्दुकुमार सुमन तेली कारवाहिमा परेका छन् । चौरसियाले उनले सेवा प्रवेशका लागि नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको र तेलीले नक्कली शैक्षिक अनुमति पत्रको आधारमा पठनपाठन गरेको दावि सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले भ्र्रष्टाचार ऐन २०५९ दफा १६ को १ बमोजिम उनीहरुलाई ६ महिनाकैद, १० हजार जरिवाना तोकेको थियो ।
यसैगरी ज्ञान सागर दलित प्राथमिक विद्यालय अमरपट्टि ८ का प्रधानाध्यापक रामाशिष बैठाले शुरुको नियुक्तीका लागि नक्कली अध्यापन अनुमति पत्र पेश गरेकोले उनलाई २०५९ दफा १६ को १ बमोजिम विशेष अदालत काठमाण्डौले ६ महिना कैद, १० हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।

नेरा पावि कौवावन कैटया ९ मा कार्यरत शिक्षक रामकिशोर महतोले नक्कली प्रमाणपत्र पेश गरेको, सोही विद्यालयका प्रअ विमला पाण्डेले नक्कली अध्यापन अनुमति पत्र पेश गरेको अख्तियारको ठहर छ । उनीहरुलाई १० हजार रुपैंया जरिवाना, तोकिएको छ ।

यी लगायत अख्तियारले कारवाहीका लागि पठाएका ८ जना शिक्षकहरुको फाईल जिल्ला शिक्षा कार्यालयमा आएपनि उनिहरु विरुद्ध कुनै कारवाही नभएको कार्यालय श्रोतले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी बरखु रजकले अख्तियारमा पुगेपछि जिल्ला शिक्षा कार्यालयको कुनै भूमिका नहुने र कस्तो कारवाही गर्नु पर्ने हो अख्तियारले नै गर्ने बताए । पत्र पठाएपछि सोही अनुसार छानविन गरेर अख्तियारमा पठाउछौ सोही अनुरुप कारवाही हुन्छ — उनले भने अख्तियारले मुद्धा दायर गरेपछि त्यो स्वत निलम्बनमा पर्ने भएकाले ढिलो चाडोँ सबैलाई कारवाही हुन्छ ।

तस्विर : ईन्टरनेट

प्रतिक्रिया