Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सेमेस्टर प्रणाली अन्योलको अन्त्य छिट्टै  

आइतबार, २० मंसिर २०७२

काठमाडौँ, २० मङ्सिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले छिट्टै नै सेमेस्टर प्रणालीसम्बन्धी अन्योलको अन्त्य गर्ने बताएका छन् ।   अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घलगायतका विभिन्न विद्यार्थी सङ्गठनसँग आज भेट गर्दै उनले सेमेस्टर प्रणाली लागू गर्ने भनिए पनि यसमा अन्योल कायम भई लागू हुन नसकेको भन्दै छिट्टै यसको अन्त्य गर्ने बताएका हुन् । 

सेमेस्टर प्रणाली लागू गर्नका लागि पाठ्यक्रम तयार नभइसकेको, १८/२० हजार विद्यार्थी भएका क्याम्पसमा सेमेस्टर लागू गर्नेबित्तिकै विद्यार्थी घट्नेलगायतका समस्या देखिएपछि सेमेस्टर लागू हुन सकेको छैन । 

विज्ञान सङ्काय, पत्रकारिता, कानुन विषयमा सेमेस्टर प्रणाली लागू भए पनि मानविकी र व्यवस्थापन विषयमा सेमेस्टर लागू हुन सकेको छैन ।   यस्तै, उपकुलपति डा खनियाँँले स्ववियुको निर्वाचनसमेत आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

यसअघि सेमेस्टर प्रणालीसम्बन्धी अन्योलको अन्त्य हुनुपर्ने र स्ववियु निर्वाचन हुनुपर्नेलगायतका माग राखी विद्यार्थीले ध्यानाकर्षणपत्र बुझाएका थिए । 

(रासस) 

 

प्रतिक्रिया