Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अनेक बहानामा बालबालिका सडकमा 

शनिबार, १९ मंसिर २०७२

काठमाडौँ, १९ मंसिर । शैक्षिक संस्थाहरुको छाता संगठन अपिनले एक सातअघि नाकाबन्दीको विरोधमा राजधानीको चक्रपथमा विद्यार्थी उभ्याएर मानवसाङ्लो प्रदर्शन गर्यो । लगत्तै जनकपुरमा मधेस आन्दोलनको पक्षमा विद्यार्थीलाई पोशाकमै उतारियो । त्यसपछि लगातार कतै मधेस आन्दोलनको समर्थनमा र कतै नाकाबन्दीको विरोधमा विद्यार्थी सहभागी गराउँदै मानवसाङ्लो  प्रदर्शन गर्ने क्रम जारी रहे । 

विरगञ्ज, बारा, महोत्तरी र परासीमा मधेस आन्दोलनको समर्थनमा विद्यार्थीलाई सडकमा उतारेर मानवसाङ्लो प्रदर्शन गरिएको थियो ।  राधजानीमा सिंहदरबारबाट हरिहरभवनस्थित राष्ट्रसंघ कार्यालयसम्म निकालिएको मानवसाङ्लोमा पनि विद्यार्थीको सहभागिता रहेको थियो । 

राजधानीमा अपिनले नाकाबन्दीको विरोधमा २७ किलोमिटर सडकमा जसरी विद्यार्थी उभ्याए, त्यसको प्रतिकारमा मधेसी मोर्चाले तराई मधेसका जिल्लामा विद्यार्थी उतारेका थिए ।  मधेसमा आन्दोलनको समर्थनमा मानवसाङ्लो नामक ११ किलोमिटर सडकमा विद्यार्थी उभ्याइएको थियो । 

नाकाबन्दीको विरोध र मधेस आन्दोलनको समर्थनमा प्याब्सन, एनप्याब्सन जस्ता संस्था पनि क्षेत्रगत रुपमा विभाजित देखिएका छन् ।   यी संस्थाले केन्द्रियस्तरमा नाकाबन्दीको विरोधमा मानवसाङ्लो आयोजना गरे भने क्षेत्रीय स्तरमा तराई मधेस आन्दोलनको समर्थनमा विद्यार्थी प्रयोग गरिएको थियो ।  

यसबाट लाखौँ बालबालिका शिक्षा लिनबाट बञ्चित भएका छन् भने विद्यालय शान्ति क्षेत्र अभियानलाई पनि यस्ता कार्यले चुनौति दिएका छन् ।

(आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन्।)

प्रतिक्रिया