Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पढ्न छाडेर विद्यार्थी मानव साङ्लोमा 

शनिबार, १९ मंसिर २०७२

काठमाडौँ, १९ मंसिर । अन्त्यहीन बन्द र नाकाबन्दीले आजित बनेका विद्यार्थीले पठनपाठन बन्द गरेर तराई मधेसमा जारी बन्द हड्तालको समर्थनमा विद्यार्थीले  शुक्रबार हुलाकी राजमार्गमा मानव साङ्लो प्रदर्शन गरेका छन् ।

धनुषाको तुलसियाहीदेखि महोत्तरीको मटिहानी, सुगा, जुलेश्वर रघुनाथपुर हुँदै सर्लाहीको सीमासम्म ४५ किलोमिटर हुलाकी राजमार्गमा महोत्तरीका सरकारी विद्यालयका विद्यार्थीले बिहान ९ बजेदेखि ११ बजसम्म मानव साङ्लो प्रदर्शन गरेका हुन् । 

उनीहरुले हुलाकी राजमार्गमा लामो मावन साङ्लो बनाई आफुहरुको अविष्यमाथी खेलबाड नगरिदिन  र भविष्यमाथी रक्षा गरिदिन समेत आग्रह गरेका थिए । 

साढे तीन महिनाभन्दा बढी समयदेखि आन्दोलन जारी रहँदासमेत सरकार मधेस आन्दोलनको माग पुरा गर्न गम्भिर नदेखिएको भन्दै सरकारलाई दबाब दिने उद्धेश्यले लोकतान्त्रिक मधेसी मोर्चाको निर्देशनमा महोत्तरी जिल्लाका सम्पूर्ण सरकारी विद्यालयले पठनपाठन बन्द गरी विद्यार्थीलाई मानव साङ्लो प्रदर्शनमा लागेका थिए । 

(आजको राजधानी दैनिकमा कमलेश मण्डलले समाचार लेखेका छन्।)

 

 

प्रतिक्रिया