- विश्वनाथ भार्गव / १९८४ फेब्रुअरीको ‘सरीता‘ पत्रिकामा छापिएको भएपनि यो कथा अझै सान्दर्भिक छ । भार्गव समसामयिक विषयमा तिख्खर व्यंग्य सहित समान्य रुपमै समाजको प्रवृत्तिचित्रण गर्न खप्पिस लेख मानिन्छन् । यसमा शिक्षा प्रणाली, सिकाइ, पढाइ र परीक्षाको बोझले दबिएका कलिला मष्तिस्कहरु कसरी बाल्यकालको आनन्द अनुभव गर्नबाट बञ्चित छन् भनेर देखाइएको छ । यो कथा एडुखबरका लागि कवि तथा शिक्षिका प्रभा खड्काले अनुवाद गरेकी हुन् । यो साताको शिक्षा साहित्य :
बिहान पाँच बजेको समय । म झुलभित्र मस्तसँग सुतिरहेको छु । अलार्म बज्छ । निद्रा खुल्छ । म कराउँछु, ‘पिङ्की उठ् । ’
मलाई ओछ्यानमै पल्टिरहन मन हुन्छ तर पिङ्कीलाई त उठाउनै पर्छ ।
‘उठ छिटो उठ्’ म तीन कक्षा पढ्ने पिङ्कीलाई कराउँछु, ‘उठ न उठ । कति कराउन लगाइराख्या ? जाँच आईसक्यो । अब कति दिन नै बाँकी छ र ? ’
सात वर्षे पिङ्की अल्छी मानेर सुतिरही ।
म गर्जिन्छु,, ‘जाँच तिम्रो हो की मेरो ? छिटो उठ । दुई मिनेटमा ओछ्यान छाडिहाल । ’
यो सुनेर पिङ्की तर्सिन्छे । उसलाई थाहा छ अब नउठ्दा के हुन्छ ।
अब पिङ्कीलाई उठाउन उसकी आमा आउँछिन्, उठ छोरी उठ । एक हप्तापछि त जाँच छ । भन्दा भन्दा थाकिसकेँ । उठेकै हैन । उठ, छिटो उठ् ‘।
मलाई माया लागेर आउँछ । विचरीको उमेर नै कति भएको छ र । तर देशको शिक्षा प्रणालीको अगाडी पिङ्की, म र हामी सबै विवश छौ । उठ्ने बित्तिकै उसलाई दूध पिउनु भन्दा पनि पहिला हिन्दी, अंग्रजी, गणित, इतिहास, भूगोल, नागरिक शास्त्र, विज्ञान, नैतिक शिक्षा, समान्यज्ञान, चित्रकलाको सामना गर्नुछ ।
‘उठ, म झुल बाहिर निस्कन्छु । ’
‘उठेँ, बुबाू, पिङ्कीको झिनो स्वर सुनिन्छ । ’
‘उठ, छोरी । पहिला गणित । पेज नं. २९, ३०, ३७ र ८२ को अभ्यास गर । पेज २९ को १० वटा प्रश्न हल गर । ’
‘बुबा, बीचको पेजहरु गर्नु पदैन ? ’
‘अहँ ’
उसकी शिक्षिकालाई पनि किताबका हरेक पानाका अभ्यास गराइ राख्न कहाँ फुर्सद छ ? यसैपनि शिक्षिका केटाकेटीका प्रश्न मन पराउन्नन् । उनलाई प्रश्न मन पदैन । रत प्राय अभ्यासहरु घरबाटै सकेर ल्याउन दिनुहुन्छ ।
म फेरी झुलभित्र घुस्छु ।
‘पिङ्की के हुदैछ ? ’
‘चौथो प्रश्न ’
‘कति बेर लगाईराखेको । छिटो गर । स्कूल जाने बेलासम्म यहि गरिराख्ने ? ’
‘ल, अब भयो गणित बन्द गर, इतिहास निकाल ’
‘बुबा, के कण्ठ गर्ने ? ’
‘जुन प्रश्न–उत्तर आउँदैन, त्यही कण्ठ गर । तिम्रो मीसले लेखाएकै चाहिँ पढ्ने नी । नत्र नम्बर काटिएला, ’ मैले पछिल्लो चोटीको कुरा सम्झदै भने ।
पिंङ्की कत्ति रोएकी थिई, पुरानो जमानामा पढेको आफ्नो बाबुसँग चित्त दुखाएर ।
‘रामचन्द्र को थिए ? ’, रामायणबाट एउटा सानो प्रश्न सोधिएको थियो ।
यो प्रश्नको उत्तर उसको कपीमा थिएन । यो पाठको प्रश्न–उत्तर लेखाएको दिन पिङ्की घरमै ज्वरोले तड्पिरहेकी थिई । मैले लेखाईदिएको थिएँ– रामचन्द्र राजा दशरथका छोरा थिए । मीसले परीक्षामा उसको यो उत्तरलाई काटेर शुन्य दिनुभएको थियो । उसले लेख्नुपर्ने थियो– रामचन्द्र अयोध्याका राजा थिए । मीसले कक्षामा लेखाउनु भएको उत्तर यस्तो थियो ।
त्यो दिन म विद्यालयको बच्चाहरुको मौलिकता विकास गराउने शैलीसगँ परिचित भएको थिएँ ।
पिङ्की सामाजिक शास्त्र याद गदै थिई । केही छिन बित्यो ।
‘कति प्रश्न–उत्तर कण्ठ भयो ? ’
‘तीन ’
‘ल, अब पाँच मिनेट सम्म पढ । अनि सामाजिक शास्त्रको २५ मिनेट हुन्छ । ’
पाँच मिनेट बित्यो । अब पिङ्कीको हातमा अर्कै पुस्तक थियो ।
‘बुबा, आल्हाद भनेको के हो ? ’
‘प्रसन्नता, खुशी आदी ’
‘आहा शब्द ! तँ पिङ्कीको किताबमा कैँयौ चोटी दोहोरिन्छस् तर यस बिचरीको जीवननमा चाहिँ कहिँ कतै देखिँदैनस । ’ म सोच्दै थिएँ ।
‘ल, अब अरु कण्ठ गर । कपीबाट पनि पढूँ ?’
मेरो चिया आईपुग्यो ।
‘बुबा, म पनि दूध खान जाऊँ ? ’
‘पर्दैन, जतिखेर पनि खानकै धन्दा । पहिला सबै कण्ठ गर । दूध खाएरै आधा घण्टा बिताउने विचार छ ? अनि जाँच चाहि म दिन जाउँ ? दूध खाने हो भने पहिला सबै कण्ठ गर्ने ’ , मैले श्रीमतीलाई बोलाएर भनेँ, ‘सुन उसलाई अहिले दूध नदेऊ । अहिलेसम्म सबै याद गरेकै छैन । सबै याद गरिसकेपछि मात्र देउू मैले चिया सकेँ ।
मैले ओछ्यान छाडेँ । पिकींकी आमा ग्याँसमा कुकर बसालेर आईन । उनको पिठ्युँमा २ वर्षको छोरा थियो ।
‘पिकीं, छिटो नुहाउ । पानी ठिक्क गरिदिएकी छु । नौ बजे त रिक्सावाला नै आईसक्छ । आठ बजिसक्यो ’
पिकींको दूध त जाँचको सिलेबसले पिईसकेको थियो ।
पिकीं कुर्सीबाट उठी । स्कूल ब्यागमा रुटिन अनुसार किताब मिलाएर राखिसकिएको थियो । खाना पनि पस्किसकिएको थियो । उसले खाना शुरु गर्न पाएकी पनि थिइन, बाहिर रिक्सावालाको आवाज आयो । ऊ हतार हतार खाना निली ।
उसलाई थाहा छ, रिक्सावाला धेरैबेर पर्खदैन ।
‘बाबुजी, बच्चालाई समयमै तयार गरेर राख्ने गर्नु है, रिक्सावाला नसियत दिदै रिक्सा हिडाउँछ । ’
‘आमा, मैले खाजा खाको छैन ’
‘लिएर गएको त हो ’
‘हो, आमा, मैले लिएर त गएको हो । तर आज मीसले बोर्डमा यति धेरै लेख्नुभएको थियो की सार्दासादै टिफिनको समय सकियो ’
‘अरु बेला चाहिँ पढाउने हैनन । अहिले बच्चाको ज्यान लिन आँटे । ल, चिया खाउ । छिटो खाजा खाएर स्कूलको काम गर्न बस । ’
‘आमा, म एकछिन रश्मिको घर जाऊँ ? ’
‘पर्दैन । अर्को हप्ता जाँच छ । अब खेल्ने कुरै नगर ’
पिंकीसित बाआमाको आदेस मान्नुको विकल्प थिएन ।
पिकीं स्कूलको काम सकियो कि सकिएन ? ’, म जुत्ता फुकाल्दै सोध्छु ।
‘छैन गदैछु’
‘कति बेर लगाको ? भोलिसम्म गरिराख्ने हो ? जाँचको लागि कण्ठ गर्नु पर्छ की पदैन ? चाँडै गर चिया खाउन्जेलमा सकिहाल ।’
पिकींलाई गणितको १० वटा प्रश्न हल गर्नु थियो । साथै अंगे्रजी प्राक्टिस बुकका केही पेजहरु ।
पिकीं रुन थाली ।
‘अब पढाईको नाम लिने बित्तिकै रुन शुरु? ’
पिकीं चुप लागी ।
उसलाई मेरो स्वाभाव थाहा छ । तर उसले सुँक्क सुँक्क गर्न छाडेकी छैन ।
‘ल पढ । रुने हैन । जाँच सकेपछि मन लागेको गर्नु ।’
विचरी पिङ्की । चौबिस घण्टामा चौबिस मिनेट पनि उसक लागि आफ्नो हुन सकेको छैन । खेल्न, घुम्न र रमाउन पाएकी छैन ।
पढाइमा त रमाउने कुनै कुरै छैन । पढाइ र सिकाइ भन्दा प यो सजायँ भएको छ ।
मेरो आँखा चाहिँ निद्राले लट्टिन थालेका छन् ।
साभार सरीता, फेब्रुअरी (द्धितिय), 1984
प्रतिक्रिया