Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि मध्यमाञ्चलको नतिजा सार्वजनिक

शुक्रबार, १८ मंसिर २०७२

भक्तपुर - निम्न माध्यमिक तहका शिक्षकको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्ने क्रममा शिक्षक सेवा आयोगले मध्यमाञ्चलको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । शुक्रबार  नेपाली, गणित, सामाजिक र संस्कृत ब्याकरणको अन्तर्वार्ताको नतिजा ािर्वजनिक भएको छ ।

नतिजाका लागि : http://tsc.gov.np/

शिक्षक सेवा आयागले मध्यमाञ्चल क्षेत्रको निम्नमाध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यता वापतको अङ्क, अनुभव वापतको अङ्क र अन्तर्वार्ताको औसत अङ्क समेतको आधारमा योग्यताक्रम कायम गरेको आयोगले जनाएको छ ।

आयागले गत विहीबार देखि क्षेत्रगत हिसावमा नतिजा सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति २०७२ मंसिर १८ गते

प्रतिक्रिया