Edukhabar
विहीबार, २५ पुस २०८१
गतिविधि

विद्यार्थी भर्नाको सूचना निकालेमा कारबाही चेतावनी

सूचना प्रकाशन गरेको पाइएमा महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने

विहीबार, ११ माघ २०८०

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले शैक्षिक सुरु नहुँदै विद्यार्थी भर्ना प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । वैशाखदेखि सुरु हुने शैक्षिक सत्रमा अहिलेदेखि नै अनलाइन र अन्य माध्यमबाट शैक्षिक सत्र २०८१ को भर्नाको लागि सूचना प्रकाशन गरेको भन्दै आपत्ति जनाएको हो । शैक्षिक सत्रको सुरुवात नभई सूचना ननिकाल्न महानगरले विद्यालयलाई सचेत गराएको हो । महानगरको निर्देशन विपरीत कार्य गरेमा कारबाही गर्ने भन्दै सचेत गराएको छ । 

‘भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा भनिएको छ,‘शैक्षिक सत्रको सुरुवातको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्न नगराउन सूचित गर्दै त्यस प्रकारको सूचना प्रकाशन गरेको पाइएमा महानगरपालिकाको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ 

 

प्रतिक्रिया