Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

रुवाबासीका साथ प्रअ खड्काको बिदाई 

शुक्रबार, १८ मंसिर २०७२

काठमाडौँ, १८ मंसिर । भक्तपुरको दधिकोटस्थित अरनिको उच्च माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीले रुँदै प्राचार्य प्रेमबहादुर खड्काको विदाई गरेका छन् ।  एउटै विद्यालयमा ३७ बर्षसम्म रहेर विद्यालयको विकास र शैक्षिक गुणस्तरमा योगदान दिएका प्राचार्य खड्का ६० बर्षको उमेर हदका कारण बिहीबारबाट अवकास पाएका हुन् । 

विद्यालयमा आयोजना भएको बिदाई कार्यक्रममा प्राचार्य खड्कालाई माला लगाईदिन लामबद्ध शिक्षिका तथा विद्यार्थीमा  निकै बेर रुवाबासी चलेको थियो ।  विद्यालयमा प्रधानाध्यापक  सम्हालेपछि विद्यालयको कच्ची भवनलाई चार तलाको ३० कोठे पक्की भवन बनाउन, विद्यालयको शैक्षिकस्तर उकासेर एसएलसी उतीर्ण प्रतिशत ६१ प्रतिशतबाट बढाएर ९१ र कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका थिए ।

(नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया