Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

शिक्षकको क्षमता माथि संसदीय समितिमा प्रश्न

‘आधारभुत १ देखि ५ सम्म अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षकहरु हुनु हुन्न, शिक्षकको क्षमता विकास गर्ने चुनौती बन्न सक्छ ।’

विहीबार, २६ पुस २०८०

काठमाडौं - शिक्षकको क्षमता माथि संसदीय समितिमा प्रश्न उठेको छ । आधारभुत तहका शिक्षकमा अंग्रेजी माध्यमबाट पढाउन सक्ने क्षमता नभएको विषय विद्यालय शिक्षा विधेयक माथि जारी छलफलका क्रममा उठेको हो । सरकारले संसदमा दर्ता गरेको विधेयकमा शिक्षामा नेपाली र अंग्रेजी भाषा प्रयोग गर्न सकिने प्रावधान उल्लेख छ । 

तर यो विषय विधेयकमा राखे पनि आधारभुत तहका शिक्षकमा अंग्रेजी माध्यमबाट पढाउन सक्ने क्षमता नभएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले बताए । 

‘आधारभुत १ देखि ५ अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षकहरु हुनु हुन्न,’उनले भने,‘शिक्षकको क्षमता विकास गर्ने चुनौती बन्न सक्छ ।’ 

विधेयकमा अंग्रेजी, गणित र विज्ञान अंग्रेजी माध्यममा पढाउनु पर्ने प्रस्ताव गरिएको छ । त्यस्तै सामाजिक विषय नेपाली भाषामा पढाउनु पर्ने प्रस्ताव विधेकयमा गरिएको छ । विदेशी विद्यार्थीलाई यो प्रावधानले असर गर्ने भएकाले अंग्रेजी माध्यमबाट पढ्न सक्ने प्रावधान राखेर कानुन बनाउनु पर्ने अर्यालको सुझाव छ  ।

प्रतिक्रिया