Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सशक्तिकरणका लागी पोखराका महिलाहरु अध्ययन गर्दै 

शुक्रबार, १८ मंसिर २०७२

काठमाडौँ, १८ मङ्सिर । चेतनाले मात्र महिला सशक्तीकरण हुने बुझेर पोखराका महिला सङ्गठित भई अध्ययनमा जुटेका छन् ।   परिवर्तनका लागि कार्य नेपाल संस्थाअन्तर्गत स्टडी सर्कल समाज नामक उपसमितिमा आबद्ध भई महिला अध्ययनमा जुटेका हुन् । 

अध्ययनलाई अगाडि बढाउन सावित्री शर्माको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरिएको छ । ‘चेतनामूलक समाज निर्माणका लागि, अध्ययन संस्कृतिको विकास गरौँ’ भन्ने उद्देश्यका साथ अभियान थालिएको संस्थाका अध्यक्ष गीता लामिछाने विष्टले जानकारी दिए ।  

अभियानमा विभिन्न क्षेत्र र शैक्षिक अवस्थाका महिला सहभागी रहेका छन् । “घरमा नै बसेर महिनाभर एउटा समसामयिक र चेतनामूलक विषय वा पुस्तक अध्ययन गर्नेछौँ र महिनाको तेस्रो शुक्रबार आ–आफूले बुझेअनुसार विश्लेषणात्मक समीक्षा गर्नेछौँ”, संयोजक सावित्री शर्माले बताए । 

उनका अनुसार सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक, मनोवैज्ञानिक लगायतका कोणबाट विश्लेषण गरिनेछ । 

(रासस) 

 

प्रतिक्रिया