Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

मापदण्ड गोप्य राखेर उपकुलपतिको विज्ञापन

छनौट समितिले २० गते सार्वजनिक गरेको मापदण्डमा विवाद भएपछि अब कस्तो व्यक्तिलाई उपकुलपति बनाउने भन्ने नयाँ मापदण्ड नराखी दरखास्त आव्हान गरिएको छ ।

सोमबार, २३ पुस २०८०

काठमाडौँ–शिक्षामन्त्री संयोजक रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट समितिले उपकुलपति हुन आवश्यक मापदण्ड गोप्य राखेर सोमबार दोस्रो पटक विज्ञापन गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

पहिलो विज्ञापनमा विश्वविद्यालयको पदाधिकारीमा ३ वर्ष काम गरेको अनुभव हुनु पर्ने प्रावधान राखेर निकट व्यक्तिलाई उपकुलपति बनाउन लागेको भन्दै चौतर्फी विरोध भएको थियो । २० गतेको सूचनामा सार्वजनिक मापदण्डको विरोध भएपछि सोमबारको सूचनामा मापदण्ड के हुने भन्ने गोप्य राखिएको छ । उपकुलपति हुन आवश्यक पर्ने कागजपत्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेभ साइटमा कार्यविधि रहेको सूचनामा उल्लेख छ ।

समितिले २० गते सार्वजनिक गरेको मापदण्डमा विवाद भएपछि अब कस्तो व्यक्तिलाई उपकुलपति बनाउने भन्ने नयाँ मापदण्ड  गोप्य राखिएको छ । समितिले जारी गरेको सूचनामा भनिएको छ,‘उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ । इच्छुक व्यक्तिले मन्त्रालयको वेभ साइटमा सूचनासँगै रहेको कार्यविधिमा उल्लेखित कागजात सहित दरखास्त पेस गर्न आव्हान गरिएको छ ।’ तर, वेभ साइटमा कार्यविधि राखिएको छैन । 

विश्वविद्यालयका कुलपति समेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले मापदण्ड परिवर्तन गर्न निर्देशन दिएका थिए । कुलपतिको निर्देशनमा छनौट समितिले शनिवार पुरानो मापदण्ड रद्द गरिसकेको छ । 

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ । 

शुरुमा सार्वजनिक सूचना :

tu-vc-suchana-0512024030622-1000x0_WTCn97eecJ

 

प्रतिक्रिया