Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

नियुक्ति प्रकृया रद्ध, दरखास्तका लागि अर्को सूचना निकालिने

सिफारिस समितिको शनिबार बसेको बैठकले यस अघिको प्रकृया रद्ध गर्ने निर्णय गरेको हो । अर्को सूचना जारी भएपछि मात्रै नयाँ नियुक्तिको प्रक्रिया सुरु हुने

आइतबार, २२ पुस २०८०

काठमाडौ - आफू निकट वा अनुकुल व्यक्ति नियुक्त गर्न खुकुलो मापदण्ड बनाएको भन्दै चौतर्फि आलोचना भए पछि त्रिभूवन विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न शिक्षा मन्त्री अशोक कुमार राई संयोजकत्वको छनौट तथा सिफारिस समितिको शनिबार बसेको बैठकले उक्त प्रकृया रद्ध गर्ने निर्णय गरेको हो । 

उक्त बैठक पछि आईतबार सार्वजनिक सूचनामा अब अर्को सूचना जारी भएपछि मात्रै नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया सुरु हुने उल्लेख छ । 

गत शुक्रबार सूचना जारी गर्दै समितिले ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न भनेको थियो । उक्त प्रावधान अमुक व्यक्ति लक्षित भएकोभन्दै चौतर्फी आलोचना भएको थियो ।  

आलोचना भए पछि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को विज्ञापन गर्न निर्देशन दिएका थिए ।  

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ ।

प्रधानमन्त्रीको उक्त निर्देशन अनुसार सार्वजनिक सूचना पढ्नुहोस् :

TU_cancle

प्रतिक्रिया