Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

स्कुल जान पाएनन् भूकम्पका घााइते

शुक्रबार, १८ मंसिर २०७२

काठमाडौँ, १८ मंसिर । बैशाख १२ गतेको भूकम्प आउँदा सल्यान ७ सोलुखुम्बुका १४ बर्षीय सन्देश बस्नेत साथीहरुसंग विद्यालय प्रांगणको होस्टेलमा चेस खेल्दै थिए ।  एक्कासी साथीहरु दौडिदा गर्दै भागे । उनी पनि साथीहरुको पछि पछि दौडिए । ‘विद्यालय भवनको छतको गारो खस्यो’ भूकम्पको स्मरण गर्दै उनले भने ‘छतको गारो आएर मलगायत साथीहरुलाई पुर्यो ।’ शुरुमा छत खसेर कुममा लागेको थाहा छ’ उनले भने । 

छतको गारोले पुरिएर घाइते भएका उनलाई विद्यालयका शिक्षक लगायतले बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्याए तर उपचारमा सोचेजस्तो सफलता मिलने ।  अस्पताल पुर्याउदा चिकित्सकले सामान्य अवस्था बताए पनि आफुले दुबै खुट्टा गुमाउनुपरेको गुनासो गरे । 

‘दुई दिनसम्म चिकित्सकले खुट्टामा सामान्य चोट लागेको छ, डराउनुपर्ने अवस्था छैन् भनेका थिए’, उनले भने, ‘ पछि एक्कासी खुट्टा काट्नुपर्यो ।’ दुबै खुट्टा काटेपछि सानैदेखिको लेफ्टिनेन्ट (नेपाली सेना) बन्ने सपना अधुरै भएको उनको गुनासो छ । 

२०६२ चैत ८ गते झापामा माओवादीसंगको भिडन्तमा सन्देशका बाबु प्रहरी सहायक निरिक्षक खेमकुमार बस्नेतले ज्यान गुमाएका थिए ।  त्यतिबेला सन्देश ३ बर्षका थिए । बुवाको माया पर्याप्त नपाएका सन्देश आफन्तहरुले माओवादी जनयुद्ध र बुवाको अवस्थाबारे बताउँदै जादाँ उनले पनि नेपाली सेना बनेर देशको सेवा गर्ने सपना बुनेका थिए । 

होस्टेल राखेका विद्यार्थीप्रति विद्यालय उत्तरदायी बन्न नसक्दा भाईको दुबै खुट्टा गुमेको उनकी दिदी सन्ध्या बस्नतेले गुनासो गरिन् ।  

(आजको कान्तिपुर दैनिकमा लीला श्रेष्ठले समाचार लेखेकी छन्।)

प्रतिक्रिया