Edukhabar
शुक्रबार, २६ पुस २०८१
गतिविधि

कुनै एक व्यक्तिलाई टार्गेट गरेर मापदण्ड

शैक्षिक सुधारका विषय माथि छलफल गर्नु पर्ने बेलामा कुनै एक व्यक्तिलाई टार्गेट गरेर मापदण्ड निर्माण हुनु नै लाजमर्दो शैली

शुक्रबार, २० पुस २०८०

काठमाडौं - देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपति छनौटको मापदण्ड प्रति विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनले पनि आपत्ति जनाएको छ । यूनियनका सभापति श्यामराज ओझाले कुनै एउटा व्यक्तिलाई टार्गेट गरेर मापदण्ड बनाईएको र सोही अनुसार सूचना सार्वजनिक गरिएको दावी गरेका छन् ।

'योग्य व्यक्तिलाई उपकुलपति बनाउन त्रिवि सभामा बोलेको सुनुवाई नै भएन, वाध्य भएर आन्दोलन गरेको १० औं दिन भई सक्यो आन्दोलन गरेको । देशैभर आवाज उठाएको छ' प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिको बैठकमा बोल्दैउनले भने 'तर आज नयाँ भिसिको लागि सूचना अह्वान गरिएको छ, त्यो हेर्दा प्रष्टै हुन्छ कि कुनै मान्छेलाई टार्गेट गरेर आह्वान गरिएको हो । व्यक्तिलाई टार्गेट गरेर कार्यविधि बन्छ ?' 

विश्वविद्यालयको पदाधिकारीको अवधि कहिले सकिन्छ भन्ने कुरा नियुक्ति गरेको दिनमै थाहा हुने र खाली हुनु तीन महिना  ६ महिना अघि नै भिसि नियुक्ति गर्ने मापदण्ड नबनाए सम्म  विश्वविद्यालय सुधार नहुने उनको दावी छ । 
विीवविद्यालय जस्तो प्रात्रिक, शैक्षिक थलो निमित्तको भरमा चलाउने ? प्रश्न गर्दै उनले भने नियुक्त भएर आउने बित्तिकै भीसीले काम गर्नै सक्दैन, अलमल्ल हुन्छ । 

प्रविधिको प्रचुर उपयोग गर्नु पर्ने समयमा पनि विश्वविद्यालय डिजिटलाइज हुन नसकेको, परीक्षा कहिले हुन्छ ? नजिजा कहिले आउँछ ? भन्ने समेत कुनै टुँगो नभएको,  शैक्षिक क्यालेण्डर लागू गर्न नसकेको जस्ता शैक्षिक सुधारका विषय माथि छलफल गर्नु पर्ने बेलामा कुनै एक व्यक्तिलाई टार्गेट गरेर मापदण्ड निर्माण हुनु नै लाजमर्दो शैली भएको उनको भनाई छ । 

विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्ड प्रति व्यापक आलोचना भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मापदण्ड परिवर्तनको तयारी गरेका छन् । 

पढ्नुहोस् : छनौटको मापदण्ड परिवर्तनको तयारी, प्रधानमन्त्रीले बोलाए सर्च कमिटी सदस्यहरुलाई

प्रतिक्रिया