Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षक लाइसेन्स हटाउन माग 

शुक्रबार, १८ मंसिर २०७२

काठमाडौँ, १८ मंसिर । निम्न माध्यामिक तहका शिक्षकहरुले शिक्षण अध्यापन अनुमति पत्र लाइसेन्स लिने व्यवस्था हटाउन माग गरेका छन् । उनीहरुले माध्यामिक तहमा जस्तै निमावि तहमा विज्ञान, अङ्ग्रेजी र गाणित विषयका लागी अध्यापन अनुमति पत्र हटाउन माग गरेका हुन् । 

पाल्पाका जिल्ला शिक्षा अधिकारी संगीता रेग्मी मार्फत शिक्षा मन्त्रीलाई बिहीबार ज्ञापनपत्र बुझाउदै उनीहरुले अध्यापन गराउने शिक्षकहरुले अध्यापन अनुमति पत्रको व्यवस्था सबैलाई समान गर्नुपर्ने माग गरेका हुन् । 

उनीहरुले माध्यामिक तहमा जस्तै निमावि तहमा अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन अनुमति  पत्रविनै विद्यालयमा पठाउन पाउनुपर्ने माग गरेका छन् ।  यस्तो विभेदकारी नीतिले आफुहरु विस्थापित हुन बाध्य हुने भन्दै आन्दोलनको कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाएको आन्दोलनका अगुवा शिक्षक धातानन्द बस्यालले बताए । 

उनले सरकारले विभेदकारी नीति फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया