Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

शिक्षक सेवा आयोग पास गरेर बैकल्पिकमा रहेकाहरुको नियुक्ति बारे आयोगद्वारा स्पष्ट

नियमावलीको दफा २५ मा भएको व्यवस्था स्पष्ट पार्दै आयोगले विभिन्न तीन कारणबाट पद रिक्त भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त गर्न सकिने उल्लेख गर्दै पत्राचार

बुधबार, ०४ पुस २०८०

भक्तपुर - स्थायी नियुक्ति पाएका शिक्षकको पद रिक्त भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त गर्न सकिने बारे शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ । रिक्त पदमा हुने नियुक्तिका बारेमा स्पष्ट पार्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गरेको पत्राचारलाई सम्बोधन गर्दै आयोगले उक्त कुरा स्पष्ट पारेको हो । 

सिफारिस उम्मेद्वारले नियुक्तिका लागि सार्वजनिक सूचना प्रकाशित गरेको मितिले ३० दिन भित्र नियुक्ति नलिएमा, सिफारिस उम्मेद्वारको मृत्यु वा राजिनामा दिई माथिल्लो तहको पदमा नियुक्ति लिएको कारण परीक्षणकाल भित्रै पद रिक्त भएमा र नियुक्ति पत्र दिएको मितिले ३० दिन भित्र पदस्थापना गरिएको विद्यालयमा हाजिर नभएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त गर्न सक्ने शिक्षक सेवा आयोग नियमावलीमा व्यवस्था छ । नियमावलीको दफा २५ मा भएको उक्त व्यवस्था स्पष्ट पार्दै आयोगले उल्लेखित तीन कारणबाट पद रिक्त भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त गर्न सकिने जनाएर केन्द्रलाई पत्राचार गरेको हो । 

यही पुस तीन गते केन्द्रले वैकल्पिक उम्मेद्वारको नियुक्तिका सम्बन्धमा स्पष्ट पार्न आयोगलाई पत्र लेखेको थियो । उक्त पत्रको उत्तर दिदैं आयोगले उल्लेखित तीन कारणले शिक्षकको पद रिक्त भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त गर्न सकिने स्पष्ट पारेको हो । उक्त दफाको उपदफा १ मा  वैकल्पिक सूचीमा रहेका उम्मेद्वारलाई जिल्ला शिक्षा अधिकारीले योग्यताक्रम अनुसार नियुक्ति गर्न सकिने व्यवस्था छ । 

आयोगले सिफारिस गरेको एक बर्ष भित्र कुनै पनि वैकल्पिक उम्मेद्वारलाई नियुक्ति नगरिने उक्त दफाको उपदफा तीनमा व्यवस्था छ । 

प्रतिक्रिया