Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

स्वीट्जरल्याण्ड नागरिकद्धारा विद्यालयलाई कम्प्युटर प्रदान

विहीबार, १७ मंसिर २०७२

काठमाडौँ, १७ मङ्सिर । डोटीको सानागाउँमा रहेको सरस्वती उच्च माविलाई स्वीटजरल्याण्डका नागरिकहरुले निःशुल्क पाँच थान कम्प्युटर प्रदान गरेका छन् । विसं २०३९ देखि निरन्तर रुपमा सो विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक गिताराम श्रेष्ठका छोरा र बुहारी इन्जिनियर सन्तोष श्रेष्ठ र रश्मी श्रेष्ठको पहलमा स्वीटजरल्याण्डका हुवटमेर र मारग्रेडले कम्प्युटर प्रदान गरेका हुन् । 

विद्यालयलाई आधुनिक शिक्षा प्रणालीअनुसार विद्यार्थीलाई अध्यापन गराउन सजिलोका लागि कम्प्युटर प्रदान गरेको उनीहरुको भनाइ छ । स्वीस नागरिकका तर्फबाट इन्जिनियर सन्तोष र रश्मीले संयुक्त रुपमा विद्यालयका प्रध्यानाध्यापक रामनरेश राय यादवलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ ।

(रासस) 

 

प्रतिक्रिया