Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

१२ को परीक्षा निर्वाध रुपमा सम्पन्न : परिषद्

बुधबार, २० जेठ २०७२

भक्तपुर २० जेठ / कक्षा १२ को पहिलो दिनको परीक्षा निर्वाध रुपमा सम्पन्न भएको उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ । भूकम्पका कारण स्थगित भएर एक महिना पछि भएको परीक्षामा विद्यार्थीहरु उत्साहप्रद रुपमा सहभागि  भएको नियन्त्रक सन्तोष अर्यालले बताए । हरेक केन्द्रमा विद्यार्थीको आत्मविश्वास बढाउने गरी केन्द्राध्यक्ष र निरिक्षकहरुलाई प्रशिक्षित गरिएकोले पनि सामान्य रुपमा परीक्षा हुन सकेको उनको दावी छ ।

'के कति विद्यार्थी अनुपस्थित भए भन्ने यकिन तथ्याङ्क आउन केही समय लाग्ला तर प्रारम्भिक रुपमा आएको बिवरणका आधारमा हेर्ने हो भने अनुपस्थित विद्यार्थी संख्या न्यून पाईयो' उनले भने । विद्यार्थीलाई पर्न सक्ने बाधालाइृ ध्यान दिदैं उपत्यकामा चिकित्सकको टोली सहित तीन वटा एम्बुलेन्सको ब्यवस्था गरिएको थियो । यसले पनि विद्यार्थीको मनोबल उच्च बनाएको अर्यालले अड्कल काटे । 

भूकम्पले धेरै क्षती पुर्याएको गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी सात जिल्ला  का ७६ केन्द्र बाहेक देशभर गरी ८ सय ४६ केन्द्रमा परीक्षा भएको थियो । जसमा ३ लाख २७ हजार ८९ विद्यार्थी सहभागि भएको परिषद्ले जनाएको छ ।

कक्षा ११ को परीक्षा भने असार १ गतेबाट शुरु हुने छ ।

प्रतिक्रिया