Edukhabar
शनिबार, ०६ बैशाख २०८२
गतिविधि

निमावि नेपालीको नतिजा सार्वजनिक, पुस २२ मा अन्तरवार्ता

आयोगले कोशीमा २३ जनाको सिटमा ३५ जना, मधेस प्रदेशमा १५ जनाको विज्ञापनमा २६, बागमतीमा १२ जनाको जनाको सिटमा २१ जनाको नाम लिखितमा निकालेको छ । आयोगले सबै उम्मेदवारलाई पुस २२ मा बिहान आठ बजे अन्तरवार्ता लिने भएको छ ।

विहीबार, २८ मंसिर २०८०

काठमाडौं -शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको नतिजा बिहीबार सार्वजनिक गरेको छ । गत वैशाख ९ र भदौ ९ मा भएको  नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । 

आयोगले कोशीमा २३ जनाको सिटमा ३५ जनाको नाम निकालेको छ । खुलामा १३, महिला ३, आदिवासी जनजाति ३, मधेसी २, दलित २ को विज्ञापन भएको थियो ।

 

त्यस्तै मधेस प्रदेशमा १५ जनाको विज्ञापनमा २६ को नाम निकालेको छ । बागमतीमा १२ जनाको विज्ञापन भएकोमा २१ जनाको नाम लिखितमा निस्किएको छ । आयोगले कोशीका सबै उम्मेदवारलाई पुस २२ मा शिक्षा विकास निर्देशनालय धनकुटामा बिहान आठ बजे अन्तरवार्ता हुने भएको छ । त्यस्तै मधेस प्रदेशका सबै उम्मेदवारको अन्तरवार्ता पुस २२ मा जनकपुर धाम स्थित शिक्षा विकास निर्देशनालयमा, बागमतीको हेटौडा स्थित शिक्षा विकास निर्देशनालयमा हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया