Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

इन्धन अभाव भन्दै नीजिमा शुल्क बृद्धि 

विहीबार, १७ मंसिर २०७२

काठमाडौँ, १७ मंसिर । इन्धनको चर्को अभाव भएको मौका छोप्दै नीजि विद्यालयले शुल्क बढाउन थालेका छन् । विद्यालय सञ्चालन गर्न समस्या परेको जानकारी गराँउदै विद्यार्थीलाई पत्र पठाएर शुल्क बढाउन थालेका छन् । 

ललितपुरको इरिस एकेडेमीले विद्यार्थीलाई पत्र पठाएर इन्धन संकटको कारण देशमा जटिलता सिर्जना भइरहेकाले सोको असर विद्यालयको बस सेवालाई पनि परेकाले इन्धन सहज नहूँदासम्म बस  शुल्कमा थोरै बृद्धि हुन गएको जानकारी गराएको उल्लेख छ । 

इन्धन र ग्यासको अभाव भएर अभिभावकसमेत विचल्लीमा पर्न थालेको अवस्थामा एकाएक पत्र पठाएर शुल्क बृद्धि गर्नु गलत प्रवृत्ति भएको एक अभिभावकले बताएका छन् ।  एक पीडित अभिभावकले भने ‘बरु विद्यालय सञ्चालन हुन नसके केही दिनसम्म बिदा गरिदिए हुन्थ्यो नि? इन्धन अभाव भएको मौका छोपेर शुल्क बढाउनु गलत प्रवृत्ति भयो।’ 

विद्यालयका प्रिन्सिपल इरेन्द्र लावतलीले विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएकाले बाध्ययताले यस्तो निर्णय गरिएको जिकिर गरे ।   यसबारेमा प्याब्सन ललितपुर कार्यसमितीका सदस्यसमेत रहेका पिन्सिपल लावतीले आफु प्याब्सनको जिम्मेवार व्यक्ति भएकाले सबै विषयमा जानकार रहेको समेत दाबी गरे । 

तर यस विषयमा प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले कुनै पनि बहानामा शुल्क बढाउन नमिल्ने भन्दै यदि शुल्क बढाएको भए त्यस्ता विद्यालयलाई कुनै सहयोग नगरिने स्पष्ट पारे । 

(आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन्।)

प्रतिक्रिया