Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

कक्षा १२ ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

पुर्नयोग गर्न चाहेमा १५ दिन भित्र आवेदन दिन सक्ने

विहीबार, २३ कार्तिक २०८०

भक्तपुर - कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । गत असोज ९ र १० गते भएको परीक्षामा सहभागी एक लाख १७ हजार आठ सय ८२ विद्यार्थी मध्ये ८८ हजार नौ सय ४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  
ग्रेड प्राप्त गरेका विद्यार्थीको यो ७५.४५ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । 

नतिजामा कुनै चित्त नबुझि पुर्नयोग गर्न चाहेमा प्रति विषय पाँच सय रुपैंया दस्तुर बुझाई १५ दिन भित्र आवेदन दिन सक्ने जनाउँदै बोर्डले प्राविधिक कारणले नतिजामा कुनै त्रुटि भएमा मूल अभिलेखबाट सच्याईने जनाएको छ । 

सैद्धान्तिक परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका विद्यार्थीले मंसिर ७ गते पश्चात मात्रै ट्रान्सकिप्ट, माईग्रेसन, प्रोभिजनल सर्टिफिकेट र ग्रेडवृद्धि प्रमाणपत्रका लागि रसिद काट्न सक्ने छन् । शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसीट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न गर्न बोर्डले सूचित गरेको छ । 

प्रतिक्रिया