Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि तहको ४ विषयको नतिजा सार्वजनिक

बुधबार, १६ मंसिर २०७२

भक्तपुर - निम्न माध्यामिक विद्यालय तहका शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले मंगलबार एकै दिन चार विषयको नतिजा सार्वजनिक गरेको छ । पश्चिमाञ्चल क्षेत्र अन्र्तगत नेपाली, अंग्रेजी, गणित र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको आयोगले जनाएको छ ।

यस अघि आयोगले मध्य पश्चिमाञ्चर र सुदुरपश्चिमाञ्चलको सबै विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।
नतिजाका लागि क्लिक गर्नुहोस् : http://www.tsc.gov.np/

पदपूर्तिका लागि भएको विज्ञापनबमोजिम लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यता वापतको अङ्क, अनुभव वापतको अङ्क र अन्तर्वार्ताको औसत अङ्क समेतको कुल प्राप्ताङ्कका आधारमा स्थायी नियुक्तिका लागि शिक्षा विभागलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।

आयोगले गत बिहीबार देखि  निमाविको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको थियो ।

प्रकाशित मिति २०७२ मंसिर १६ गते

प्रतिक्रिया