Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कम्प्युटर ल्याब बनाउन फिलिपिनीको सहयोग

बुधबार, १६ मंसिर २०७२

काठमाडौँ, १६ मङ्सिर । भूकम्पले क्षति पुगेको लमजुङको गाउँसहरस्थित यशोब्रह्म माध्यमिक विद्यालयलाई फिलिपिनी नागरिकले आधुनिक कम्प्युुटर प्रयोगशाला बनाइदिने भएको छ । 

भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेको र विद्यार्थीको पठनपाठनमा समस्या भएकाले सहयोगस्वरुप आधुनिक कम्प्युटर प्रयोगशाला निर्माण गरिदिन लागिएको हो । 

दक्षिण एसियामा शिक्षाको क्षेत्रमा काम गर्दै आएको बिएससी फिलिपिन्स नामक संस्थाकी अध्यक्षसमेत रहेकी जुली सिसाजनले प्रयोगशाला बनाउनका लागि व्यक्तिगत र संस्थागत गरी रु ६३ लाख सहयोग जुटाएको बताए ।  

साथै उनले विद्यालय शिक्षा सुधारका लागि रु पाँच लाखको अक्षयकोष, शिक्षकको क्षमता विकासका लागि रु एक लाख, शिक्षक, अभिभावक र विद्यार्थी बीचको सम्बन्ध विस्तारका लागि रु तीन लाख, छात्रा शौचालय निर्माण लागि रु ५० हजार थप गर्ने घोषणा पनि गरेका छन् । 

विसं २०१८ मा स्थापित यो विद्यालयमा हाल कक्षा १० सम्मको पढाइ हुँदै आएको छ । 

(रासस)

 

प्रतिक्रिया