Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

एमबिबिएसमा बढी शुल्क नलिन सर्वोच्चको आदेश

बुधबार, १६ मंसिर २०७२

काठमाडौँ, १६ मङ्सिर । सर्वोच्च अदालतले एमबिबिएसको अध्ययन गर्न आउने विद्यार्थीसँग तोकिएकोभन्दा बढी शूल्क नलिन सरकार तथा काठमाडौँ विश्वविद्यालयका नाममा अन्तरिम आदेश दिएको छ । 

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले एमबिबिएसका विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिन नहुने अन्तरिम आदेश दिएको हो । 

बढीमा रु ३५ लाख लिन पाउने गरी सरकारले एमबिबिएस पढ्न चाहने विद्यार्थीका लागि नियम बनाएको थियो । सरकारले बनाएको नियमलाई बेवास्ता गर्दै कलेजले मनोमानी रुपमा रकम असुल्ने गरेका भनी गुनासो आउने गरेको थियो । 

गोविन्दप्रसाद यादव र राजु जैसवालले एमबिबिएसको पढाइका नाममा आफूखुसी रकम लिने गरेको भन्दै सर्वोच्च अदातलमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

अध्ययनका लागि तोकिएको सिट सङ्ख्याभन्दा बढी अत्यधिक विद्यार्थी सङ्ख्या भर्ना नलिन सर्वोच्च अदालतले सम्बन्धित निकायलाई पनि आदेश दिएको छ । 

साथै, सर्वोच्च अदालतले सो विषय अध्ययनका लागि विदेशी विद्यार्थीलाई पनि प्रवेश परीक्षा लिन आदेश दिएको छ । 

(रासस) 

 

प्रतिक्रिया