Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पुस्तकालय बनाउन आठ लाख सहयोग

बुधबार, १६ मंसिर २०७२

काठमाडौँ, १६ मङ्सिर । ग्रेटर बासिङटन तमु समाजले गत वैशाखको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण गर्न रु आठ लाख सहयोग गरेको छ । 

समाजका प्रतिनिधि रामचन्द्र गुरुङले मङ्गलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानाध्यापक विष्णुदेवप्रसाद साहलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

समाजका क्रियाशील सदस्य एवम् आबद्ध नेपालीले भूकम्पले क्षति पुगेको विद्यालयमा पुस्तकालय निर्माण गर्न रकम सङ्कलन गरी पठाएका हुन् । 

साथै समाजले विद्यालयमा आवश्यक पर्ने पुस्तकहरु पनि सहयोग गर्ने तयारी गरेको छ ।  गत वैशाख १२ मा गएको भूकम्पले भवन भत्केपछि अस्थायी टहरोमा विद्यार्थी पढ्दै आएका छन् । भूकम्पले भत्किएको विद्यालयको भवन भने एनआरएनबाट प्राप्त रु १८ लाख खर्चेर निर्माण गरिएको छ । 

(रासस)

 

प्रतिक्रिया