Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

द्धन्द्धपीडित शिक्षकलाई पुनःस्थापित गरिँदै

बुधबार, १६ मंसिर २०७२

काठमाडौँ, १६ मङ्सिर । शिक्षा मन्त्रालयले द्वन्द्वपीडित शिक्षकलाई पुनः स्थापित गर्नेसम्बन्धी प्रस्ताव अघि बढाउने भएको छ ।   शिक्षक संस्थाको लामो समयदेखिको सो माग सम्बोधनका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आवश्यक प्रक्रिया अघि बढाउन मंगलबार सैद्धान्तिक निर्णय गरेको हो ।  

उनका प्रमुख स्वकीय सचिव जागृत रायमाझीले जानकारी दिए । झन्डै ५०० को सङ्ख्यामा द्वन्द्वपीडित शिक्षक रहेको अनुमान छ ।   सशस्त्र माओवादी द्वन्द्वका समयमा विस्थापित तथा पीडित शिक्षकलाई पुनःस्थापित गरी सो अवधिको सुविधासहित बिदा दिइनेछ । 

सोबारे पहिला पनि काम भएको र अब अर्थ र कानुन मन्त्रालयबाट सहमति लिने प्रक्रिया पूरा गरी टुङ्गो लगाइने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताए ।   यसैबीच मन्त्री पोखरेलले शिक्षा विभागको महानिर्देशकलगायत केही सहसचिव र निकायका प्रमुखको सरुवाका लागि आज गृहकार्य गरेकाृ र चाँडै सरुवा हुने बुझिएको छ । 

(रासस) 

 

प्रतिक्रिया