Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

कोरियाली राजदूतद्धारा क्याम्पसको निरीक्षण

बुधबार, १६ मंसिर २०७२

काठमाडौँ, १६ मङ्सिर । नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ्ग जिनले मंगलबार कैलाली बहुमुखी क्याम्पसको अवलोकन निरीक्षण गरेका छन् ।  अवलोकनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत जिनले नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण देश रहेकाले राजनीतिक स्थायित्व हुन सकेमा कैलालीको बिकासको गतिले फड्को मार्ने विश्वास व्यक्त गरे ।   

क्याम्पसको बिकासका लागि आफूले आवश्यक पहल गर्ने उनले उल्लेख गरेका थिए ।  

कार्यक्रममा सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयका रजिस्ट्र्रार डा हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका प्रमुख सुरेन्द्र चन्द, सहायक क्याम्पस प्रमुख डा पदमराज जोशी, डा राजेन्द्रवीर चन्द लगायतका बक्ताले क्याम्पसको वस्तुस्थितिमाथि प्रकाश पारेका थिए । 

राजदूत जिन क्याम्पसमा पुग्नुहुँदा बिद्यार्थी, प्राध्यापक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए । 

२०३७ सालमा जनस्तरको प्रयासमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमकै अग्रणी क्याम्पसको रुपमा रहेको छ । स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने यो क्याम्पसमा हाल आठ हजार विद्यार्थी रहेका छन् । 

(रासस) 

 

प्रतिक्रिया