Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

भारतीय सर्टिफिकेट बुझाउने शिक्षकलाई मुद्धा

मंगलबार, १५ मंसिर २०७२

काठमाडौं - ताप्लेजुङ्ग प्रा.वि. नाल्वुमा कार्यरत प्राथमिक तहका शिक्षक मित्रसिङ साँवाले शिक्षक नियुक्तिका बेला पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको फेला परेको छ । उनले शुरु नियुक्ति प्रयोजनका लागि बिहार बिद्यालय परिक्षा समिती पटना, भारतबाट सन् १९८९ सालमा माध्यमिक तह उत्तिर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए ।

तर, अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र नक्कली एवं झुट्टा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दावी छ । साँवाले भ्रष्टाचार गरेको अभियोग सहित अख्तियारले विशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरेको छ ।

प्रतिक्रिया