Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

कक्षा १२ को नतिजा सार्वजनिक

५१ प्रतिशत मात्र ग्रेडेड

मंगलबार, ३० साउन २०८०

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 

नतिजा अनुसार करिब ५१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।  गत वर्षको तुलनामा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।

12_result 2080

परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका बोर्डले जनाएको छ । 

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा चलेको परीक्षामा सहभागि हुन चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फारम भरेका थिए । 

बोर्डका अनुसार यस वर्ष ५६ हजार बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । गत बर्ष बोर्डले लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर पहिलो पटक हरेक  विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ उल्लेख हुने व्यवस्था गरेको थियो । गत बर्ष नियमित तर्फ १ लाख ८८ हजार चार सय १० जना नन् ग्रेडिङमा परेका थिए । यो वर्गका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन पाउँदैनन् । दुई विषयमा एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । 

गत वर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । त्यस अघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । 

यो पनि पढ्नुहोस् 
कक्षा १२ को नतिजामा ननग्रेड विद्यार्थीका लागि असोजमा ग्रेडवृद्धि परीक्षा

प्रतिक्रिया