Edukhabar
सोमबार, २६ कार्तिक २०८१
खबर/फिचर

शिक्षा सम्मेलनको निष्कर्ष : प्रभावकारी भएन विद्यालय पुननिर्माण

मंगलबार, १५ मंसिर २०७२

काठमाडौं - भूकम्प पछि विद्यालयहरुको पुननिर्माण प्रभावकारी नभएको निष्कर्ष सहित सार्वजनिक शिक्षा सुदृढिकरणका लागि वार्षिक राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलन पछि जारी घोषणा पत्रमा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माणमा जोड दिदैं पुननिर्माण लगायतका काममा उत्तरदायित्व मापनका सुचकहरु प्रयोग गर्न माग गरिएको छ ।

गत बैशाखको भुकम्पका कारण मानवीय तथा विद्यालयहरुमा पुगेको क्षतीलाई ध्यान दिदैं गुणस्तरीय शिक्षाका लागि सुरक्षित विद्यालयको आवश्यकता ठानेर यसलाई महत्व दिएको आयोजक शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) का अध्यक्ष राजकुमार गन्धर्वले बताए ।

भुकम्प पछि गर्न लागिएको सम्पुर्ण शैक्षिक तथा भौतिक सहयोग र पुनर्निर्माण कार्यक्रममा समुदायको सहयोग, अनुगमन तथा मुल्यांकन आवश्यक रहेको ठहर गर्दै सोही अनुसार काम गर्न सम्मेलनले माग गरेको छ ।

भुकम्पका कारण क्षतिग्रस्त विद्यालयहरुमा बनाईएका अस्थायी सिकाई केन्द्र निर्माणमा शिक्षा मन्त्रालय तथा विभागबाटै भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको प्रतिबेदन सार्वजनिक भएको दुई दिन पछि सार्वजनिक गरिएको घोषणा पत्रमा पनि भूकम्प पछि भएका पुर्ननिर्माणका कामलाई महत्व दिईएको हो ।

पुनर्निंमाण प्रक्रिया लाई द्रुत बनाउदै बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि सम्मेलनले सरकार सहित सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ । 
एक्सन एडको सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) ले गरेको सम्मेलनले पुनर्निमाण, समता, समावेशिता र लैंगिकता जस्ता शैक्षिक तथा सामाजिक पक्ष, वित्तिय ब्यवस्थापन, गुणस्तर र टिकाउ दर अभिवृद्धि सहित शिक्षामा पहुँच र उत्तरदायित्वमा छुट्टा छुट्टै निष्कर्ष निकालेको छ ।

घोषणापत्र

प्रस्तावना
हामी यस वार्षिक सम्मेलनका प्रतिनिधि तथा सहयात्रीहरु, जुनसुकै अवस्था तथा परिस्थितिमा बालबालिकाको बालबालिकाको निर्बाध रुपमा शिक्षा पाउने अधिकार सुनिश्चितताको पक्षमा ऊभिदै, नेपालमा वि.सं २०७२ साल बैशाख १२ को भुकम्प र बैशाख २९ गते गएको ठूलो पराकम्पनले गर्दा करिब ९००० मानिसहरुको मृत्यु तथा २२,००० भन्दा बढी व्यक्तिहरु घाइते भएको र सो विपतमा परि नेपालको शिक्षा क्षेत्र समेत नराम्रो संग प्रभावित भई ५८४ जना विद्यार्थी तथा ४९ जना शिक्षक हरुले ज्यान गुमाउनु परेको  तथा भौतिक क्षेत्रमा पुगेको क्षति लाई हृदयंगम गर्दै, भूकम्पिय हिसावले उच्च जोखिमको क्षेत्रमा पर्ने हाम्रो देशमा विद्यालयका संरचना अनिवार्य रुपमा भूकम्प प्रतिरोधि तथा वातावरणमैत्री बनाउनु पर्ने कुरामा जोड दिदै, शिक्षाको क्षेत्रमा भुकम्पिय विपतले निम्त्याएका बहुआयामिक क्षति र सो पश्चात नेपाल सरकार तथा सहयोगि साझेदारहरुले लिएका कदमहरु एवम सो को प्रभावकारितालाई समेत विभिन्न कोणबाट बिश्लेषण गर्दै,  भुकम्प तथा पछिल्लो समय नाकावन्दि र बन्द हडताल जस्ता अप्ठ्यारहरुले नेपालको शिक्षा क्षेत्रमा द्रुततर गतिमा बढिरहेको संकट र सुस्त गतिमा अघि बढिरहेको पुनर्निंमाण प्रक्रिया लाई द्रुत बनाउदै बालबालिकाको गुणस्तरिय शिक्षा प्राप्तगर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सम्मेलनले नेपाल सरकार र सहयोगि(साझेदार निकायसंग निम्न कुराहरुमा ध्यान दिन आग्रह गर्दै यो घोषणा-पत्र जारी गर्दछ ।

१. पुनर्निमाण सम्वन्धमा 

- नेपालका विद्यालय भवनहरुमा अधिक क्षति हुनुमा कमजोर संरचना (माटो ढुगांको भारबहन डिजाईन), निर्माण सामाग्रि र भवन निर्माणको न्युनतम आचारसंहिता पालना नगरिनु मुख्य कारक रहेको तथ्यलाइ ध्यान दिदै यो सम्मेलन नेपाल सरकार संग नेपालको भौगोलिक बिबिधता अनुसार उपयुक्त भुकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गर्ने निति तथा डिजाईन र सो को कडाईका साथ कार्यान्वययन तथा अनुगमन गर्ने ब्यबस्था मिलाउन जोडदार माग गर्दछ ।

- विद्यालय भवनहरु पुनर्निर्माण गर्दा समुदायको क्रियाशिल सहभभागिता सुनिश्चित गरि वातावरण मैत्री प्रबिधि, स्थानिय स्रोत साधन र जनशक्तिको प्रयोग गरि ’हरित विद्यालय’ निर्माण गर्ने ब्यबस्था मिलाईयोस ।

२. शैक्षिक तथा सामाजिक पक्ष (समता, समावेशिता र लैंगिकता)

- शिक्षा क्षेत्रमा पुनर्निमाण योजना अगाडि बढाउदा केवल भौतिक पक्ष मात्र नहेरी शैक्षिक र सामाजिक पक्षलाई संगसगै अगाडि बढाउदै समावेशिताको सिद्धान्त पालना गरियोस ।

- पछिल्लो समयमा विपतको अवस्था लाई ईंगित गर्दै पिडिएनए (एम्ल्ब्) निर्माण तथा अन्य योजनामा समुदायको सहभागितालाई प्राथमिकता नदिईएको कुरा प्रति सजग बन्दै विद्यालय पुनर्निर्माण अभियानमा हुने योजनाको  अवधारणागत तह देखि नै समुदाय को अनिवार्य सहभागिताको सुनिश्चितता गरियोस ।

- समावेशिताको प्रत्याभूतिको लागि विद्यालयको हाता भित्र बालबालिकाको लागि प्रारम्भिक बालबिकास तह देखि नै छुट्टा–छुट्टै शौचालय तथा शारिरिक रुपमा अशक्त बालबालिकाको लागि विशेष व्यवस्था, खानेपानि तथा सरसफाई जस्ता पक्षको सुनिश्चितता गरियोस ।

- विद्यार्थीको मनोवैज्ञानिक पक्ष सुदृढ गर्ने परामर्श, जातिय, बर्गिय लैगीक तथा अन्य बिभेद निरुत्साहित गर्ने कार्यक्रम समेत विद्यालय पुनर्निमाण योजना संगै एकिकृत रुपमा संचलान गरियोस ।

३. वित्तिय ब्यवस्थापन सम्वन्धमा

- शिक्षा क्षेत्रको पुनर्निर्माण तथा पुनर्उत्थानको लागि पिडिएनए द्धारा अनुमानित बजेट ४१४७७.६ मिलियन नेरू  ल्एच् द्धज्ञ,द्धठठ.ट mष्ििष्यल (ग्क्४ द्धज्ञद्ध.ड mष्ििष्यल)को अबिलम्भ ब्यबस्थापनका लागि प्रथमिकतामा राख्न नेपाल सरकार र साझेदार निकायहरुलाई जोडदार माग गर्दछ ।

- नेपालको शिक्षा क्षेत्रको सुदृढिकरणका लागि कुल बजेटमा प्रत्येक बर्ष भईरहेको कटौति प्रति असहमति प्रकट गर्दै कुल बजेटको कम्तिमा २० प्रतिशत तथा ग्राहस्थ उत्पादनको ६ प्रतिशत बजेट नछुट्टयाई शिक्षा क्षेत्रको पुनर्निर्माण प्रभावकारि नहुने कुरामा सचेत रहन यो सम्मेलन सरकार समक्ष जोडदार माग गर्दछ ।

४.  शिक्षामा पहुँच,  गुणस्तर र टिकाउ दर अभिवृद्धि सम्बन्धमा

- दुर्गम तथा पिछडिएका समुदायका बालबालिकाका लागि वैकल्पिक विद्यालयको ब्यबस्था गरियोस, धार्मिक तथा अन्य बैकल्पिक शिक्षालयलाई मुलप्रबाहिकरण गरियोस ।

- समुदाय तथा स्थानीय निकाय (गाउपालिका, नगरपालिका) को सहयोगमा बालबालिकालाई पौष्टिक आहार तथा हेरचाह र सुरक्षाको अधिकार सुनिश्चित गरियोस

- डिजिटल प्रविधिले उत्पन्न गराएको अन्तरलाई घटाउन तथा गुणस्तरी शिक्षा प्रदान गर्नको लागि विद्यालयहरुमा सूचना प्रविधि तथा प्रविधिको प्रयोगको लागि वैकल्पिक उर्जाशक्तिहरु जस्तै सोलार, व्याट्रि, विद्युत आदीको व्यवस्था गरियोस् ।

- विद्यालयमा पाठ्यपुस्तकको सट्टामा अन्य पुस्तक, प्रोजेक्ट कार्यहरु, रिर्सच, इन्टरनेटको माध्यमबाट सिकाई गर्ने व्यवस्थालाई प्रोत्साहन गरियोस् ।

- विद्यार्थी, शिक्षक तथा भाषा स्वयं सेवकहरुलाई स्थानीय पाठ्य पुस्तक तथा सामग्रीको प्रयोग गरी सबै विद्यार्थीहरु बुझन सक्ने भाषाको पाठ्यपुष्तक निर्माण गर्न प्रोत्साहन गरियोस् ।

५. उत्तरदायित्व सम्बन्धमा

नेपाल सरकार तथा साझेदार/सहयोगि सम्पुर्ण पक्षले भुकम्प पछि शिक्षा क्षेत्रमा तत्कालिक तथा दिर्घकालिन रुपमा गरेका र गर्न लागिएको सम्पुर्ण शैक्षिक तथा भौतिक सहयोग र पुनर्निर्माण कार्यक्रमहरुलाई ऊत्तरदायित्वपुर्ण ढंगवाट संचालन गर्न निम्नानुसारको उत्तरदायित्व मापनका सुचकहरु प्रयोग गर्न जोडदार माग गर्दछौ ।

- समुदायको नेतृत्वमा सहयोग, अनुगमन तथा मुल्यांकन योजना निर्माण र कार्यान्ववन ।

- सहयोग तथा पुनर्निमाण योजना निर्माण गर्दा समतामुलक पहुच र न्युनतम गुणस्तरको सुनिश्चितता ।

- विपतको बेला विश्वब्यापि रुपमा अपनाईने आईएनईई (क्ष्ल्भ्भ्( क्ष्लतभचलबतष्यलब िल्भतधयचप या भ्mभचनभलअथ ष्ल भ्मगअबतष्यल)ले तोकेको न्युनतम मापदण्ड पालना गर्न।

- बजेटको पारदर्शिताको सुनिश्चितता ।

- शिक्षा संग सम्वन्धित योजना तथा कार्यक्रमको ब्यापक प्रचार(प्रसार ।

- योजना निर्माणमा अभिभावक शिक्षक र विद्यार्थिको सहभागिता र सुनिश्चितता ।

- विद्यार्थी र समुदायको गुनासो सुन्ने संयन्त्रको ब्यबस्था ।

- शिक्षाका सम्पुर्ण सरोकारवालाहरुको संलग्नता तथा सशक्तिकरण  ।

अध्यक्ष
राजकुमार गन्धर्व
शिक्षाका लागि राष्ट्रिय अभियान- नेपाल
२०७२/०८/१५

प्रकाशित मिति २०७२ मंसिर १५ गते

प्रतिक्रिया