Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

एउटा शिक्षक बोल्दा अर्का शिक्षक रिसाए

मंगलबार, १५ मंसिर २०७२

काठमाडौं - सार्वजनिक शिक्षा सुदृढिकरणका लागि आयोजित दुई दिने सम्मेलनको उद्घाटन सत्रमा बोल्न नपाएकै निउँमा शिक्षक महासंघले कार्यक्रम बहिस्कार गरेको आयोजकले निष्कर्ष निकालेको छ । शिक्षकको छाता संगठनका प्रतिनिधिलाई बोल्न समेत नदिने तर एक जना पूर्व शिक्षकलाई महत्व दिने ? भन्दै शिक्षक महासंघका प्रतिनिधिले कार्यक्रम बहिस्कार गरेको आयोजकको निष्कर्ष रहेको श्रोतले बतायो । 'पूर्व शिक्षक धनञ्जय शर्मालाई कार्यक्रममा वक्ता बनाएको कुरा उहाँहरुलाई चित्त बुझेको रहेनछ' श्रोतले भन्यो, 'मन्त्रीका अघिल्तिर आफूनो कुरा राख्ने ईच्छा रैछ, तर त्यो पुरा नभएपछि रिसाएका रहेछन् ।'

एक्सन एडको सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) ले गरेको सम्मेलनको उद्घाटनमा आफूहरुलाई हेपेको भन्दै शिक्षक महासँघले कार्यक्रम बहिस्कार गरेको थियो ।
पढ्नुहा्ेस् : हेपेको भन्दै शिक्षक महासँघद्धारा कार्यक्रम बहिस्कार

सम्मेलन पछि जारी घोषणा पत्र सार्वजनिक कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा एनसिइका अध्यक्ष राजकुमार गन्धर्वले भने, यसको खास कारण के हो भन्ने बारेमा शिक्षकहरुसँग कुराकानी गर्नै नभ्याएको बताए । कार्य समित सदस्य रहेको महासँघले उद्घाटन सत्रमा आफूहरुलाई बोल्न नदिएकोमा गुनासो गरे पनि बहिस्कार गरेको भन्ने जानकारी सञ्चार माध्याम मार्फत मात्रै थाह पाएको उनले बताए । 'समस्या के हो भन्ने बारेमा हामी उहाँहरु सँग बसेर छलफल गरेपछि मात्रै बताउन सक्छौं' उनले भने ।
महासँघका अध्यक्ष केशव निरौलालाई छलफल सत्रमा अध्यक्षता गर्न आग्रह गर्दा उहाँले हुन्छ भन्नु भएको तर अकस्मात कार्यक्रम छाडेर हिडेपछि आफूहरु छक्क परेको आयोजकले बताएको छ ।

प्रकाशित मिति २०७२ मंसिर १४ गते

प्रतिक्रिया