Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

संघीय शिक्षा ऐन मन्त्रीपरिषद्बाट स्विकृत, अब सदनमा पेश गर्ने

मंगलबार अवरुद्ध संसद बैठक २२ गते, सोही दिन सदनमा दर्ता गर्ने सरकारको तयारी

मंगलबार, १६ साउन २०८०

काठमाडौं - बहुप्रतिक्षित संघीय शिक्षा ऐन मन्त्रीपरिषद्ले स्विकृत गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ऐन पारित गरेको सरकारका एक मन्त्रीले बताए । यो निर्णय सँगै सदनमा ऐन दर्ता गर्ने बाटो खुलेको छ । तर अवैध सुन भित्रिएको घटनाको छानविन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने विपक्षी दल एमालेको मागका कारण मंगलबारको संसद बैठक अवरुद्ध हुन भएको थियो । अब २२ गते संसद बैठक डाकिएको छ । सोही दिन संसदमा ऐन दर्ता गर्ने सरकारको तयारी रहेको ती मन्त्रीले बताए । 

संविधानले विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरे पनि राजनीतिक दलहरुले संघीय शिक्षा ऐन निर्माणमा चासो नगर्दा विद्यालय शिक्षा भद्रगोल अवस्थामा चलिरहेको छ । शैक्षिक क्षेत्र सञ्चालन, अनुमगन र व्यवस्थापनका विषय अहिले अन्योलमा छन् । यसको नकारात्मक प्रभाव लाखौं बालबालिकाको शिक्षामा परिरहेको छ । 


गत आईतबार समाजवादी विद्यार्थी मोर्चाले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद्बाट पारित गरेर संघीय शिक्षा ऐन मंगलबार सदनमा दर्ता गर्ने तयारी गरेको बताएका थिए । तर, यही दिन एमालेले सदन अवरुद्ध गर्दा शिक्षा ऐनको विषय ओझेलमा परेको छ । 

प्रतिक्रिया