Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

मधेस आन्दोलनको सर्मथन भन्दै बारामा पनि विद्यार्थीकै प्रयोग

मंगलबार, १५ मंसिर २०७२

बारा - मधेस आन्दोलनको सर्मथन भन्दै बारामा पनि विद्यार्थीको प्रयोग गरेर प्रदर्शन गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेन प्याब्सनको अगुवाईमा कलैयाको त्रिचन्द्र उच्च मावि परिसरबाट मानव साङ्लो प्रदर्शन गरिएको हो ।

बाराको सदरमुकाम लगायत ग्रामिण क्षेत्रमा पनि मानव साङलो प्रदर्शन गरिएको छ । दक्षिण झिटकैयामा रहेको इनरदेव निमावि, महागढीमाई, गञ्जभवानीपुरमा रहेको भोला उच्च मावि, युनाइटेड पब्लिक स्कुल, ज्योति पाराडाइज सेकेडण्डरी, फ्युचर स्टार, अवशिष, मटिअर्वाको नेरा उच्च मावि लगायत निजी विद्यालयका विद्यार्थीलाई मानव साङ्लोमा प्रयोग गरिएको छ ।

प्रदर्शनमा निजी, सादुयायिक तथा उच्च माविका विद्यार्थीहरुको सहभागिता रहेको छ । यस अघि सोमबार मधेस आन्दोलनको सर्मथनमा वीरगञ्जमा विद्यार्थीले मानव साङ्लो प्रर्दशन गरेका थिए ।

नाकबन्दी र मधेस आन्दोलनको विरोध भन्दै निजी विद्यालयका संस्थाहरुको अगुवाईमा काठमाडौंबाट शुरु भएको विद्यार्थीको प्रयोग गर्ने क्रम मधेस आन्दोलनको समर्थन भन्दै तराई क्षेत्रतिर विस्तार हुँदै गरेको छ ।

उभ्याई छाडे साना साना विद्यार्थी !

विद्यार्थी उभ्याएर चक्रपथ घेराऊ शिक्षा कि स्वार्थ ?

फाईल : फोटो

प्रकाशित मिति २०७२ मंसिर १५ गते

प्रतिक्रिया