Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

'शिक्षामा दलाली र दलीय भागबण्डा अन्त्य हुनुपर्छ'

मंगलबार, १५ मंसिर २०७२

काठमाडौँ, १५ मङ्सिर । विभिन्न राजनीतिक नेताले शिक्षामा दलीयकरण अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।  

राजनीतिक दलले विद्यालयसमेतमा हस्तक्षेप गर्ने तथा शिक्षकहरु दलका सदस्य रहेको भनी आलोचना भइरहेका बेला शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सोमबार राजधानीमा आयोजना गरेको सामुदायिक विद्यालय सुदृढीकरण र पुनःनिर्माणसम्बन्धी सम्मेलनको समापनका अवसरमा उनीहरुले विषयमा आधारित राजनीति हुनुपर्नेमा जोड दिएका छन् ।  

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवँ पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरले विद्यालय सुधारका लागि विभिन्न समुदाय र नागरिक संस्थाले गरेका साना तर प्रभावकारी कदमलाई राष्ट्रिय नीतिमा समाहित गर्नुपर्नेमा जोड दिए ।  

नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भारतको अघोषित नाकाबन्दीमा विद्यालय निर्माणका सामग्रीलाई पनि अत्यावश्यक सामग्रीका रुपमा पा्रथमिकता दिई आपूर्ति गराउनुपर्ने बताए ।  

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजकुमार गन्धर्वले सम्मेलनको २० बुँदे घोषणापत्र चाँडै सार्वजनिक गरी सार्वजनिक शिक्षा सुधारमा नागरिक समाजको भूमिका स्थापित गरिने बताए । 

(रासस) 

 

प्रतिक्रिया