Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सुर्खेतमा पढाइ छाडेर ग्यासको लाइनमा विद्यार्थीहरु 

मंगलबार, १५ मंसिर २०७२

काठमाडौँ, १५ मंसिर । मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा अध्ययनरत रमितकुमार मल्लको दैनिकी अहिले क्याम्पसमा होइन, ग्यासको लाइनमा बितिरहेको छ । शुक्रबार साँझबाट लाइन बसेका उनले ग्यास पाउने टुंगो भने छैन् ।  उच्च शिक्षाका लागि सुर्खेत झरेका कालिकोटका मल्लजस्ता थुप्रै विद्यार्थी रातभरि लाइन बसने । 

 ‘हल्लै हल्लामा शुक्रबार साँझबाट लाइनमा बसेको छु,’ उनले भने ‘न त घरबेटीले दाउरा बाल्न दिन्छन्, न ग्यास आउँछ ।’ दुई महिनायता ग्यास नपाएर समस्यामा परेको उनले बताइन् ।  

एक तथ्यांकअनुसार वीरेन्द्रनगरका स्कुल तथा क्याम्पसमा अध्ययनरत झन्डै सात हजार विद्यार्थी भाडामा बस्दै आएका छन् । भाडाको बाससँगै उनीहरु गयास अभावको नयाँ चुनौती व्यहोरिरहेका छन् । 

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया