Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अब ३५ लाखमै एमबिबिएस 

मंगलबार, १५ मंसिर २०७२

काठमाडौँ, १५ मंसिर । शिक्षा मन्त्रालयले एमबिबिएसको प्रवेश परीक्षा उतीर्ण विद्यार्थीहरुलाई निर्धारित शुल्कमै अध्ययन गराउने भएको छ। विद्यार्थीले कलेजको बैंक खातामा रकम जम्मा गरेको भौचर चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा बुझाएपछि ३५ लाखमै पढ्न पाउने व्यवस्था मिलाइएको हो । 

कलेज सञ्चालकहरुले विद्यार्थीहरुसंग ४० लाख रुपँैयाभन्दा बढी मागेपछि यस्तो व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। 

विद्यार्थीले बुझाएको शुल्क लिन पाउने छैनन् । शिक्षामन्त्री गिरीराजमणी पोखरेलका अनुसार प्रेस सल्लाहकार प्रकाश खतिवडाका अनुसार अध्ययन शुल्क बैंकमा जम्मा गरेको भौचर बुझाएपछि डिन कार्यालयले सम्बन्धनप्राप्त कलेजमा भर्ना गरिदिनुपर्ने मन्त्रीस्तरीय निर्णय सोमबार लिइएको हो । 

सहकुलपतिको हैसियतमा मन्त्री पोखरेलले त्रिविबाट सम्बन्धनप्राप्त कलेजमा उनीहरुलाई अध्ययनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।  खतिवडाका अनुसार कलेजले खाता नम्बर सार्वजनिक गर्नुपर्ने, सोही खातामा विद्यार्थीले रकम जम्मा गरेर भौचर डिन कार्यालयमा बुझाउनुपर्ने निर्णय भएको छ। 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया