Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

एसएलसी चैत अन्तिममा सार्न माग 

मंगलबार, १५ मंसिर २०७२

काठमाडौँ, १५ मंसिर । मधेस आन्दोलन जारी रहेको उल्लेख गर्दै विद्यालय सञ्चालक र सरोकारवालाहरुले एसएलसी परीक्षा चैत अन्तिम साता सार्न माग गरेका छन् ।   दुई बर्षयता चैत्र पहिलो साता शुरु हुने एसएलसीलाई चैतभित्रै सक्ने गरी दुई साता पर सार्न शिक्षण संस्थाहरुको छाता संगठन अपिनले आग्रह गरेको हो ।   

आन्दोलनका कारण बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सिरहा र सप्तरीमा पठनपाठन ठप्प रहेको छ। ती जिल्लाका विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै परीक्षा पछाडी सार्न आग्रह गरिएको हो ।   

‘८ जिल्लामा पठनपाठन ठप्प रहेकाले त्यहाँका विद्यार्थीलाई समेत ध्यान दिएर परीक्षा तालिका सार्वजनिक गरिनुपर्छ’ अपिनका अध्यक्ष कर्ण बहादुर शाहीले भने ।  

परीक्षा नियन्त्रण कार्यालयले यसअघि मंसिर दोश्रो साता एसएलसी तालिका सार्वजनिक गर्ने गथ्र्यो । यसपटक भने परीक्षा बोर्डको बैठक अझै बसेको छैन् ।   शिक्षामन्त्री गिरिराजमणी पोपखरेलले यस बर्षको शैक्षिक सत्र कुनै पनि हालतमा नसर्ने स्पष्ट पारिसकेका छन् । 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया