Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

भौचर बुझाएपछि बल्ल एमवीवीएसमा भर्ना

सोमबार, १४ मंसिर २०७२

काठमाडौं - शिक्षा मन्त्रालयले एमबीबीस पढ्ने विद्यार्थीले कलेजलाई बुझाउनु पर्ने शुल्क कलेजकै खातामा जम्मा गरेर उक्त भौचर डिन कार्यालयमा बुझाउनु पर्ने ब्यवस्था गरेको छ । नयाँ ब्यवस्था अनुसार कलेजले खाता नम्बर सार्वजनिक गर्नु पर्ने छ । उक्त खाता नम्बरमा विद्यार्थीले रकम जम्मा गरेर भौचर बुझाउनु पर्ने मन्त्रालयले निर्णय गरेको हो ।

भर्नाका लागि कलेज छनौट गरिसकेका विद्यार्थीलाई मेरिटको आधारमा भर्ना सुनिश्चित गर्न यस्तो व्यवस्था भएको हो । कलेजहरुले मनलाग्दी शुल्क लिएर भर्ना गर्न थालेको गुनासो बढेपछि सोमबार मन्त्री स्तरीय निर्णय गरेर मन्त्रालयले यस्तो ब्यवस्था गरेको हो । सह कुलपतिको हैसियतले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

यस अघि नै मन्त्रालयले ३५ लाख रुपैया भन्दा बढी नतिर्न अभिभावकलाई आग्रह गरेको थियो । मन्त्रालयको निर्देशन कलेजले नमानेपछि भौचर बुझाएपछि मात्रै भर्नाको व्यवस्था गरेको हो । ४० लाख रुपैया बढी रकम मागेको भन्दै विद्यार्थीहरुले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र अन्य निकायमा पनि उजुरी दिएको थिए ।

त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिले  एमबीबीस पढ्न ३५ लाख खर्च लाग्ने प्रतिवेदन बुझाए पनि कतिपय कलेज सञ्चालकले ४० लाख रुपैया भन्दा बढी सम्म मागेको खबर यस अघिनै सार्वजनिक भईसकेको थियो । 

यो अनियमिततालाई रोक्न नयाँ ब्यवस्था गरिएको मन्त्रालयका एक उच्च कर्मचारीले बताए । जस अनुसार विद्यार्थीले कलेजको बैक खातामा जम्मा गरेको ३५ लाख रुपैंयाको भौचर चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा बुझाएपछि उक्त तथ्याङक आइओएमसंग हुने भएकोले कलेजले धेरै रकम लिन पाउने छैनन् ।

प्रकाशित मिति २०७२ मंसिर १४ गते

प्रतिक्रिया