Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमाविका ५ विषयको नतिजा सार्वजनिक

सोमबार, १४ मंसिर २०७२

भक्तपुर - निम्न माध्यामिक विद्यालय तहका शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले आईतबार एकै दिन पाँच विषयको नतिजा सार्वजनिक गरेको छ । मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगतका नेपाली, अँग्रेजी, गणित विज्ञान, गणित र सामाजिक विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ । यो सँगै मध्य पश्चिमाञ्चल विकास क्षेत्रको सबै विषयको नतिजा सार्वजनिक भएको छ ।

आयोगले यस अघि नै सुदुरपश्चिमाञ्चलको सबै नतिजा सार्वजनिक गरिसकेको छ ।   आयोगले बिहीबार देखि  निमाविको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको थियो ।
नतिजाका लागि क्लिक गर्नुहोस् : http://www.tsc.gov.np/

क्रमै सँग अन्य विषय र क्षेत्रको नतिजा प्रकाशन गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति २०७२ मंसिर  १४ गते

प्रतिक्रिया