Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

मधेश आन्दोलनको समर्थनमा पनि विद्यार्थीकै प्रयोग

सोमबार, १४ मंसिर २०७२

वीरगञ्ज - तराई आन्दोलन र नाकाबन्दीको विरोधमा काठमाण्डुका सडकमा विद्यार्थी उतारेको ३ दिन पुरा नहुँदै मधेश आन्दोलनको समर्थनमा वीरगञ्जमा पनि विद्यार्थीकै प्रयोग गरि प्रदर्शन गरिएको छ । वीरगंजको घण्टाघरमा जम्मा भएका विद्यार्थीले विहान ९ बजेदेखि ११ बजेसम्म मानव सांङ्लो बनाई मधेश आन्दोलनको समर्थन गरेका थिए । 

छपकैया देखि परवानीपुरसम्म भएको मानव साङ्लो प्रदर्शनमा वीरगञ्ज लगायत ग्रामिण क्षेत्रका विद्यालय तथा कलेजका विद्यार्थीको सहभागिता रहेको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आव्हानमा मानव साङलो प्रदर्शन गरिएको हो । प्रदर्शनमा नीजि तथा आवासीय विद्यालय अर्गनाईजेन प्याब्सन, एन प्याब्सन लगायतका संस्थाहरुको समर्थन थियो । उनीहरुले औपचारिक आह्वान गरेर प्रदर्शनमा विद्यार्थी सहभागि गराएका हुन् ।  वीरगञ्जमा विद्यार्थी सडकमा उतारेको बारे आफूलाई कुनै जानकारी नभएको भन्दै प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले यसबारेमा बुझेर मात्रै प्रतिकृया दिने बताए ।

तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण पठनपाठनमा समस्या भएको भन्दै निजी शैक्षिक संस्थाहरुको साझा संगठन अपिन र विद्यार्थी संगठनले काठमाडौंको सडकमा बालबालिका उतारेका थिए ।

पढ्नुहोस् उभ्याई छाडे साना साना विद्यार्थी !

आउँदा दिनमा यस्तै प्रकृतिको कार्यक्रममा अरुले विद्यार्थी सहभागिता गराउने तर्फ सजग हुन जरुरी भएको भन्दै सरोकारवालाहरुले आयोजकलाई विद्यार्थीको प्रयोग नगर्न ध्यानाकर्षण गराउँदा गराउँदै काठमाडौंका सडकमा विद्यार्थी उतारिएको थियो ।

पढ्नुहोस् विद्यार्थी उभ्याएर चक्रपथ घेराऊ शिक्षा कि स्वार्थ ?

विद्यार्थीलाई सडकमा उतार्न नहुने भन्दै राष्ट्रिय बाल कल्याण समिति र महिला तथा बालबालिका मन्त्रालयले सरकारको ध्यानाकर्षण गराईसकेको अवस्थामा काठमाडौंको सडकमा बालबालिका उतारिएको थियो । उक्त कार्यले वालअधिकार हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले पनि ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति २०७२ मंसिर १४ गते

प्रतिक्रिया