Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

'नक्कली परीक्षार्थी' डाक्टर निलम्बित 

सोमबार, १४ मंसिर २०७२

काठमाडौँ, १४ मंसिर । अर्कैको नाममा नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता (लाइसेन्सिङ) परीक्षा लेखेका चिकित्सक निलम्बित भएका छन् ।   काउन्सिलले शनिबार सञ्चालन गरेको लाइसेन्सिङ परीक्षामा अर्कैको नाममा परीक्षा दिँदै गर्दा एक चिकित्सक र चिकित्साशास्त्रका एक विद्यार्थी पक्राउ परेका थिए । 

पक्राउ चिकित्सकलाई काउन्सिलले दुबैलाई थप कानुनी कारबाहीका लागी प्रहरीलाई पत्राचार समेत गरेको छ।   नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वयम्भु, सानोभ¥याङस्थित परीक्षा केन्द्रबाट चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) चौथो बर्ष अध्ययनरत निरज शर्मा र डा. सुरज मण्डल पक्राउ परेका थिए । 

शर्माले सरोज शाह र मण्डलले अरविन्दकुमार यादवका नाममा परीक्षा दिएका थिए । शाह १२ पटक र यादव ८ पटक काउन्सिल परीक्षा दिदा पनि पास गर्न नसकेपछि उनीहरुले नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिने प्रयास गरेका थिए । 

काउन्सिल ऐनमा लाइसेन्सिङ परीक्षामा किर्ते गरे दुई बर्षदेखि आजीवन निलम्बन गर्न सक्ने व्यवस्था छ । 

(आजको नागरिक दैनिकमा दीपक दाहालले समाचार लेखेका छन्।)

प्रतिक्रिया