Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शनिबारको चिकित्सक लाइसेन्स परीक्षामा आधा फेल 

सोमबार, १४ मंसिर २०७२

काठमाडौँ, १४ मंसिर । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा सहभागी भएकाहरु मध्य आधाभन्दा बढी फेल भएका छन् ।   ४ सय ७१ एमबीबीएस चिकित्सकमध्ये २ सय ३० जना अनुतीर्ण भएका हुन् ।   

लाइसेन्स परीक्षामा एमबीबीएस र बीडीएस उतीर्ण ५ सय १३ परीक्षार्थी सहभागी थिए ।  एमबीबीएस गरेका ४८ प्रतिशत र वीडीएसका ८७ प्रतिशत विद्यार्थी फेल भएका छन् काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीले बताए । 

 दन्त चिकिच्सक ४१ मध्ये ३५ जना अनुतीर्ण भएका छन् । शनिबार लिएको परिक्षामा दुईजना नक्कली चिकित्सक पनि पक्राउ परेका थिए ।

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया