Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

खेलकुद विश्वविद्यालयको माग गर्दै ज्ञापनपत्र 

आइतबार, १३ मंसिर २०७२

काठमाडौँ, १३ मंसिर । युवा सङ्घ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने मागसहितको पैंतिसबुँदे ज्ञापनपत्र युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई बुझाएको छ । 

सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदानको स्थापना गर्नुपर्ने, बेरोजगार भत्तालाई अनिवार्य गर्नुपर्ने, युवा प्रतिभा पुरस्कारलाई व्यापक गर्नुपर्ने र एक युवा एक रोजगारीको व्यवस्था गर्नुपर्ने मागसहित शनिबार ज्ञापनपत्र बुझाएको हो । 

सङ्घले युवा जनसङ्ख्याका आधारमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको संवैधानिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न समेत माग गरेको छ । 

सो अवसरमा मन्त्री मण्डलले युवाले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   सङ्घका अध्यक्ष पहारीले ४०.३ प्रतिशत जनङ्सख्या भएको युवालाई उचित व्यवस्थापन नगरी राज्य समृद्धि हुन नसक्ने बताए ।

उक्त भेटमा सङ्घका दिलकुमारी पन्त, रमेश पौडेल, वचनबहादुर सिंह, परशुराम बस्नेत, राजेश शाह र प्रभातविक्रम कटुवालको सहभागिता थियो । 

(रासस) 

 

प्रतिक्रिया