Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

आठ महिनासम्म पनि विद्यार्थीले पुस्तक पाएनन् 

आइतबार, १३ मंसिर २०७२

काठमाडौँ, १३ मंसिर । जाजरकोटको साल्मा गाविसमा रहेको एक विद्यालयमा आठ महिनासम्म पनि पाठ्यपुस्तक नहुँदा विद्यार्थी मर्कामा परेका छन् ।  दुर्गम साल्मा गाविसको इन्द्रज्योति माध्यमिक विद्यालयमा आठ महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।  

उक्त विद्यालयमा कक्षा ८ मा अध्यनरत १५० र कक्षा १० मा १२० जना अध्ययनरत छात्रछात्राले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् । जिल्ला शिक्षा कार्यालयबाट पाठ्यपुस्तक खरिदका लागि जिम्मा लिएका पुस्तक विक्रेताको लापर्बाहीका कारण यस्तो समस्या आएको शिक्षकले बताएका छन् । 

अभिभावक मीना बुढाले पाठ्यपुस्तक पनि नभएको र पाठ्यपुस्तकको पैसा पनि हालसम्म विद्यालयले विद्यार्थीलाई नदिएको गुनासो गर्नुभयो । यता जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तकको पूरै रकम विद्यालयको खातामा हालिसकेको बताएको छ ।  

अर्का अभिभावक तुलसरी परियारले विद्यालयमा गएर बुझ्दा केही शिक्षकले किताब ल्याएका छौँ । बीचबाटोमा छ ल्याएर वितरण गर्छौं भन्नुभएको थियो अहिलेसम्म दिनुभएको छैन किताब कहाँ छन् हामी सोझासिधालाई किन झुक्याइन्छ रु उनको भनाई छ ।  

साल्माका इन्द्रज्योति माध्यमिक विद्यालयमा छात्रवृत्तिको दुई वर्षसम्मको पैसा नपाएको गुनासो अभिभावक विद्यार्थीले गर्ने गरेका छन् । 

(रासस)

 

प्रतिक्रिया