Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

आयोग सात महिनादेखि सदस्यसचिव विहीन 

आइतबार, १३ मंसिर २०७२

काठमाडौँ, १३ मंसिर । मुलुकभर सञ्चालित विश्वविद्यालयको नियन्त्रण तथा व्यवस्थापन गर्ने सरकारी निकाय विश्वविद्यालय अनुदान आयोगमा सदस्यसचिव रिक्त रहेको सात महिना वित्दा पनि नयाँ नियुक्तिका लागी सरकारले चासो दिएको छैन् । 

तत्कालिन सदस्यसचिव भोलाप्रसाद पोखरेलको कार्यकाल  गत बैशाख अन्तिम साता सकिएपछि उक्त पद रिक्त भएको हो ।  आयोगले सदस्यसचिव पद रिक्त हुनुभन्दा पाचँ दिनअघि अर्थात बैशाख २५ गते शिक्षा मन्त्रालयलाई पत्र लेखेर नयाँ नियुक्तका लागी पहल गर्न तत्कालिन शिक्षामन्त्री चित्रलेखा यादवलाई अनुरोध गरेको थियो । 

तर अहिलेसम्म  पनि मन्त्रालयले नयाँ सदस्यसचिव नियुक्तिका लागी मन्त्रीपरिषदमा प्रस्ताव लगेको छैन् । कांग्रेसका तर्फबाट नियुक्त भएका तत्कालिन शिक्षामन्त्री यादव परिवर्तन भएर अहिले एमाओवादी नेता गिरिराजमणी पोखरेल शिक्षामन्त्री रहेका छन् । 

आयोग मुलुकभरका विश्वविद्यालयका लागी आवश्यक विकास तथा प्रशासनिक बजेट वितरण गर्ने, विश्वविद्यालय तहको शिक्षाको सुधारका लागी आवश्यक अनुसन्धान गरेर कार्यान्वयनका लागी निर्देशन दिने तथा उच्च शिक्षा सुधारका लागी विदेशीबाट आउने रकमबारे आवश्यक छलफल गरेर निर्णय गर्ने उच्च तहको निकाय हो । 

अनुदान आयोगका लागी सरकारले चालु आर्थिक बर्षमा आठ अर्ब रुपँैया बजेट छुट्याएको छ । आयोगले अहिले प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र ढुंगेलमार्फत दैनिक प्रशासनिक कार्य सञ्चालन गर्दै आइरहेको छ। 

(आजको अन्नपुर्णपोष्ट दैनिकमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन्।) 

प्रतिक्रिया