Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भारतीय विद्यालयलाई कानुनी दायरामा ल्याइने 

आइतबार, १३ मंसिर २०७२

काठमाडौँ, १३ मंसिर । स्वीकृतिबिना भारतीय सीबीआई कोर्स सञ्चालन गरिरहेका विद्यालयहरुलाई कानुनी दायरामा ल्याउन शिक्षा मन्त्रालयले गहकार्य थालेको छ।  

त्यसका लागी शिक्षा सचिवको नेतृत्वमा प्राविधिक टोली बनाइएको शिक्षामन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिए । 

उनका अनुसार टोलीले त्यस्ता विद्यालयलाई कानुनी दायरामा ल्याउने प्रक्रिया र हालको अवस्था विश्लेषण गर्नेछ । 

ती विद्यालय लामो समयदेखि अबैध रुपमा सञ्चालनमा रहेका छन् । शिक्षामन्त्री पोखरेलले मन्त्री हुनासाथ अबैध विद्यालयलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेपछि काठमाडौँस्थित भारतीय दुतावासले समेत चासो देखाएको छ।

भारतीय राजदुत रणजीत रायले शुक्रबार मन्त्री पोखरेललाई मन्त्रालयमै गई भेटेर यससम्बन्धि छलफल समेत गरेका छन् । 

सो भेटमा स्वीकृतिबिनै सञ्चालित विदेशी विद्यालयहरु आगामी दिनमा कानुनबमोजिम सञ्चालन हुने मन्त्री पोखरेलले जानकारी गराएको मन्त्रालयका सचिवहरुले बताएका छन् । 

भेटमा शैक्षिक समस्या समाधान गर्न द्धिपक्षीय प्राविधिक समिती बनाउने सहमति भएको छ । 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया