Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

लाइसेन्स परिक्षा दिने दुई डाक्टर पक्राउ 

आइतबार, १३ मंसिर २०७२

काठमाडौँ, १३ मंसिर । चिकित्सक लाइसेन्स परिक्षामा पटक पटक फेल भएका दुई विद्यार्थीको खेताला बनी परिक्षा दिन गएका दुई डाक्टर पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा डा. शुशिल मण्डल र डा. नीरज शर्मा रहेका छन् । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र परिक्षा( मेडिकल लाइसेन्स परीक्षा) मा डा.मण्डल र डा. शर्मा क्रमश नवीनकुमार यादव र सरोज शाहको नाममा परीक्षा दिन गएका थिए । 

चिनको छोङसिङ मेडिकल युनिभर्सिटीबाट सन् २०१२ मा एमबिबिएस गरेर नेपाल फर्किएका यादव यसअघि आठपटक लाइसेन्स परिक्षामा सहभागी भएपनि पास हुन सकेका थिएनन् । 

त्यस्तै चीनको सिचुवान युनिभर्सिटीबाट सन् २००७ मा एमबिबिएस गरेका शाह १२ पटकसम्म लाइसेन्स परिक्षामा सहभागी भएपनि पास भएका थिएनन् । 

उनीहरुले दुबैको प्रवेश पत्रमा डा. शर्मा र मण्डलले आफ्नो फोटो टासेर परिक्षा दिन गएकामा पक्राउ परेका हुन् । 

(आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानेले समाचार लेखेका छन्।)

प्रतिक्रिया